सूर्योदय आवि इन्द्रावती–१० का बालबालिकालाई पोसाक वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० झुलुङ्गेमा रहेको सूर्योदय आधारभूत विद्यालयका बालबालिकालाई पोसाक वितरण गरिएको छ ।

मुक्त नेपालको सहयोग तथा सरस्वती आधारभुत विद्यालयका शिक्षक सन्तोष चिन्तन (घिमिरे) को पहलमा ७५ जना बालबालिकालाई टि–सर्ट, ट्रयाकसुट, जुत्तामोजा वितरण गरिएको हो ।

वडा अध्यक्ष रामचन्द्र घिमिरे तथा चाँगुनारायण नगरपालिका वडा नम्बर ७ भक्तपुरमा रहेको मुक्त नेपाल संस्थाका पदाधिकारीको उपस्थितिमा पोसाक वितरण गरिएको हो । यो विद्यालयमा अधिकांश बालबालिका माझी समुदायका अध्ययनरत छन् ।

विद्यालयका प्रधानाध्यापक बल बहादुर माझीले सहयोगी संस्थालाई विशेष धन्यवाद दिँदै आगामी दिन समेत सहयोगको अपेक्षा गर्नुभयो ।

Leave a Reply