भुतपुर्व विद्यार्थी समाजद्वारा आयोजित हाजिरिजवाफमा प्रज्ञा आवि पहिलो

# शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ७ दुवाचौरमा रहेको बाल सुधार माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थीहरुको समुह बाल सुधार मावि भुतपुर्व विद्यार्थी समाजद्वारा आयोजित वडा स्तरीय अन्तरविद्यालय कक्षा ४(५ स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वडाका ३ सामुदायिक र १ संस्थागत विद्यालय सहभागी प्रतियोगितामा प्रज्ञा आधारभुत विद्यालय ए का बिद्यार्थीहरु पहिलो भएको छ । त्यस्तै जुगल हिमाल इङलिस स्कुलका समुह बि का बिद्यार्थीहरु दोस्रो, बाल सुधार माबिका समुह जि का बिद्यार्थीहरु तेस्रो र बाल सुधार समुह एफ का बिद्यार्थीहरुले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको आयोजक संस्थाका सचिव नविन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिका ७ का अध्यक्ष पासाङ तामाङले यस्ता प्रतियोगिताले शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । विद्यार्थी समाज र रेडियो मेलम्ची सँगको सहकार्यमा वडाले पर्यटकीय क्षेत्र पुग्न सहज हुने होडिङ बोर्डहरुको ब्यवस्थापन गर्न लागेको बताउदै यस्ता कार्यक्रमले शैक्षिक सुधार र गुणस्तर अभिबृदि गर्ने कार्यक्रममा सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा बाल सुधार माबिका प्रअ सुर्यप्रसाद श्रेष्ठ, वडा सचिव रुपकराज पाध्य, पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, लगायतले यस्ता प्रतियोगिता नियमित हुनु पर्नेमा जोड दिदैँ भुतपुर्व विद्यार्थी समाजले थालनी गरेको कामको प्रंशसा गर्दै अझै शैक्षिक गुणस्तर वृद्धि गर्ने खालको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति संस्थाका अध्यक्ष प्रदिप पुरीले सबैको सहयोगमा मात्र संस्था अघि बढ्न सक्ने बताउँदै समाजमा आवद्ध हुन पुर्व विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पुर्व गाबिस अध्यक्ष अर्जुन गिरी, बिभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष देवराज सुवेदीले गर्नुभएको थियो ।

Leave a Reply