लोकतान्त्रिक निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सगुन श्रेष्ठ

* # समाचार समाज सिन्धुपाल्चोक

लोकतान्त्रिक निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

सिन्धुपाल्चोक लोकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा सगुन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा वाल सुन्दर कटुवाल, उपाध्यक्षमा बुद्ध कुमार घले, महासचिवमा विनोद लामा, उपमहासचिवमा सोम छिरिङ तामाङ, राजेश रत्न दनुवार, कोषाध्यक्षमा कुमार गुवाजु चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा शुसान गिरी, कमल ध्वज तामाङ, प्रेम श्रेष्ठ, सुनिल श्रेष्ठ र विशाल पाख्रीन सर्वसम्मत रूपमा चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति श्री जंग बहादुर लामाले अधिवेशनमार्फत संस्था थप सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक मर्यादा र सुरक्षित वातावरणका लागि संघले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

Leave a Reply