यस वर्षको जिल्लास्तरीय पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिता टियु क्रिकेट रङ्गशालामा हुने भएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाकै विभिन्न स्थानका खेतको गह्राहरूबाट खेल्न सुरु भएको प्रतियोगिताका अघिल्लो संस्करणहरू मूलपानीमा रहेको क्रिकेट रङ्गशालामा हुने गरेकोमा यसपटक भने त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुन लागेको हो।
प्रतियोगिता जेठ २७ गतेदेखि अषाढ २ गतेसम्म आयोजकले जनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका, गाउँपालिका खेलकुद विकास समिति तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घको आयोजनामाहुने प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता आह्वान पनि गरिएको छ।