राम्चे डुंडे सामुदायिक वन उपभोक्ता समितिकाे अध्यक्षमा खड्का निर्वाचित 

* # समाचार समाज सिन्धुपाल्चोक

राम्चे डुंडे सामुदायिक वन उपभोक्ता समितिकाे अध्यक्षमा रमेश खड्का निर्वाचित हुनुभएकाे छ । हिजाे भएकाे निर्वाचनमा नेपाली काँग्रेस निकट खड्का निर्वाचित हुनुभएकाे हाे । 

कुल १८७ मतदाता रहेकाेमा १८५ मत खसेकाे थियाे । निर्वाचित रमेश खड्काले ६८ मत ल्याई विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी राेहिणि चालिसेले ६४ मत पाउनुभयाे भने उध्दव चालिसेले ५० मत पाउनुभएकाे थियाे । खसेकाे मध्ये ३ मत बदर भएकाे थियाे । राेहिणि एमाले निकट हुनुहुन्छ भने उध्दव माओवादी निकट रहनुभएकाे छ । 

अध्यक्ष पदमा निर्वाचन भएकाे हाे भने बाँकि कार्यसमिति सर्वसम्मत चयन भएकाे हाे । उपाध्यक्षमा एग प्रसाद दुलाल, सचिवमा राजेन्द्र प्रसाद दुलाल, कोषाध्यक्षमा गोमा ढकाल चालिसे सदस्यहरू  शम्भु खड्का, विष्णु प्रसाद दुलाल, कृष्ण बहादुर खड्का, ललित कुमार दुलाल, गोमा चालिसे र सावित्री चालिसे रहनुभएकाे छ ।

Leave a Reply