रेडियो मिसन, सिन्धुकोट ।
मेलम्ची नगरपालिका ५ मा जिर्ण अवस्थामा रहेको सिन्धुकोत देवीको मन्दिर मर्मत संभार तथा अक्षय कोष खडा गर्ने उदेश्यले सप्ताह आयोजना गर्ने भएको छ । जिल्लाकै नामसँग जोडिएको यस मन्दिर संरक्षणर्थ सप्ताह गर्न लागिएको सप्ताह मुल आयोजकका अध्यक्ष दिपक आले मगरले बताउनु भएको छ । यहि आउदो चैत्र महिनाको २७ गते सिद्देश्वर महादेव स्थान सिन्धुखोला देखि कोत देबि मन्दिर सम्म बाजा गाजा सहित कलश यात्रा गरि सप्तहाको सुरुवात गरिने भएको अध्यक्ष मगरले जानकारी दिनुभयो ।
२०८० सालको चैत्र महिनाको २७ गते देखि २०८१ साल बैशाख महिनाको ५ गतेका दिन समापन हुने गरी चैते दशैको सुअवसरमा पण्डीत श्री सागर साकोटाको मुखारबृन्द बाट र उपवाचक बिष्णु प्रसाद ढकाल द्वारा सिन्धुकोत देबि मन्दीरमा सामुहीक रुपमा देबि भागवत नौ दिनको नवा ज्ञान महा यज्ञ लगाईने उहाँले बताउनुभएको छ । कलाकार भजन मण्डलि झाँकि नृत्य सहित कार्यक्रम संचाल हुने र दैनिक टेलिभिजन युटुब फेसबुक लगायतका सामाजिक सञ्जालमा लाईभ प्रसारण गरिने बताउँदै राजनितिक दल बुदिजिबि, समाजसेवी कर्मचारी,पत्रकार, भद्रभलाद्मी, नागरिक समाज समाजमा रहनु हुने सम्पुर्णलाई सहभागिताको लागी निमन्त्रणा गरीने बताउनु भएको छ ।
साथै प्रमुख अतिथीको हकमा चन्दा दातालाई प्राथमिकतामा राखिने पनि उहाँले जानकारी दिनुभयो । धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिन लागेको यस महा यज्ञमा उपस्थित भई पुण्य आर्जन गरी आफ्नो पहिचान कायम राख्न सबैमा अनिवार्य उपस्थीतिको लागि पनि आयोजकको अनुरोध छ ।
मन्दिरको इतिहास :
सिन्धुपाल्चो जिल्ला मेलम्ची नगरपालीका वडा न ५ साविक सिन्धुकोट गाबिस वडा न ४ मा अवस्थित कोत देवीको नाम र सिन्धुखोला नाम बाट सिन्धुकोट गाबिस नामाकरण भएको र सिन्धुकोत र पाल्चोकी माई भगवतिको नाम बाट जिल्लाकै नाम सिन्धुपाल्चोक रहेको ईतिहास बोकेको छ । सिन्धुकोत देवीको मन्दीरमा पृथ्बी नारायण शाहले बाईस सय चौबिस सय राज्य एकीकरणको लागि लडाई लड्दै गर्दा ठानाभञ्ज्याङ पुगेर हेर्दा सिन्धुकोत देबिको मन्दिरमा र शिद्देश्वर महादेब सिन्धुखोला त्रिबेणी घाटमा साँझ पख निलो बत्ति बलेको देखे र उहाँ लाई अनौठो लाग्यो त्यतिकैमा रात परेपछि सुत्नुभयो ।
राति सपनामा ती शक्ति पिठको बल माग शक्ति माग तिम्रो जित अबस्य छ भने पछि उहाँले यी दुई ठाउँ पक्कै केही शक्ति छ म त्याहा पुनै पर्छ भनेर पृथ्बी नारायण शाहा त्यहाँ पुगेर बरदान मागेकै कारण लडाई जितेको ईतिहास रहेको छ र यो मन्दिरमा दर्शन गरेर जे वरदान माग्यो त्यहि प्राप्ती होस भनी भाकल गरेर मागेको कुरा पूरा भएपछि भाकल पुजा चलाउदै आएको भक्तजनहरुले बताउदै आएका कुरा पनि बताउनु भएको छ ।