ईन्द्रावती ४ महिलाहरु सीप सिकेर आत्मनिर्भर उन्मुख बन्दै

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर,
सीपमुलक तालिम लिएसँगै ईन्द्रावती गाउँपालीका वडा नम्बर ४ महिला आत्मनिर्भर उन्मुख बन्न थालेका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिम बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय धुलिखेल र ईन्द्रावती गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो ।


वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक भएको स्थानीयवासी सपना तामाङले बताउनुभयो । आफ्नै ठाउँमा सीप सिकेर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । सिलाइकटाइ व्यवसायबाट घर खर्चको जोह गर्न र आत्मनिर्भर बन्न सहज पुग्ने उहाँको भनाई छ । ‘वडामा नै सीप सिक्न पाएपछि अहिले खुसि छु’ उहाँले भन्नुभयाे, ‘हामी जस्ता गृहणी महिलालाई अन्य ठाउँमा गएर सीप लिन समस्या हुन्छ । आफ्नै ठाउँमा वडाको पहलमा सीप सिक्न पाएसँगै यही सिपलाई व्यवसायीक बनाउने सोच बनाएको छु । यसले मलाई आत्मनिर्भर उन्मुख बनाएको छ ।’

सीप लिएपछि आत्मनिर्भर बन्नमा सहजता थपेको स्थानीयवासी सरीता अधिकारीले बताउनुभयो । स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको उहाँको भनाइ छ । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज हुने उहाँले बताउनुभयो । ‘घर धन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो । अहीले अब केही गर्न सक्छु भन्ने लागेको छ । यतिबेलासम्म बच्चाहरुको र महीलाहरुको लागि आवश्यक कपडा काट्न र सिलाउन सिकेको छु । पछी यही कामले घरखर्च जोहाे गर्न सहजता हुन्छ ।’

वडा कार्यालयले सीप लिन इच्छुक १८ जना महिलालाई आवश्यक तालिमसँगै सिलाइकटाइको लागि ५० प्रतिशत अनुदानमा मेसिन दिएको हो । वडाले यहाँका महिला तथा युवालाई स्वरोजगार बनाउनको लागि रोजगारीलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष क्षेत्र बहादुर तामाङले बताउनुभयो ।

स्थानीयलाई स्वरोजगार बनाएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने योजनाका साथ काम गरिरहेको उहाँको भनाइ छ । भावी दिनमा पनि सीपमूलक तालिमलाई निरन्तरता दिइने उहाँको भनाइ छ । वडामा आउने बजेटले मात्र धेरै काम गर्न सम्भव नभएकाले विभिन्न निकायसँगको समन्वय तथा सहकार्यमा काम गरिरहेको वडाध्यक्ष तामाङको भनाइ छ ।

Leave a Reply