बहु कक्षा बहु स्तर शिक्षण कार्यक्रम (MGML) इन्द्रावती गाउँपालिकालाई हस्तान्तरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।
विगत पाँच वर्षदेखि प्रारम्भिक कक्षाको शिक्षण प्रणालीलाई वस्तुपरक र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालित बहु कक्षा बहु स्तर शिक्षण कार्यक्रम (एम.जि.एम.एल) आज एक विशेष समारोहका बीच इन्द्रावती गाउँपालिकाको स्वामित्वमा हस्तान्तरण गरिएको छ।

२०७६ साल पौष ३ गतेदेखि इन्द्रावती गाउँपालिका तथा साझेदार संस्था जर्मन नेपाल सहयोग संघ र विकासका लागि एकताको सहकार्यमा पालिकाका १३ वटा सामुदायिक विद्यालयहरूमा लागू गरिएको यो कार्यक्रमले प्रारम्भिक तहको शिक्षामा गुणात्मक सुधार ल्याएको विश्वास गरिएको छ।

कार्यक्रम हस्तान्तरणका अवसरमा आयोजित कार्यशालामा प्रमुख अतिथिका रूपमा पालिका अध्यक्ष झम्क नेपालको उपस्थिति रहेको थियो। उहाँले साझेदारी संस्थाहरूप्रति आभार प्रकट गर्दै अब पालिकाले पूर्ण रूपमा कार्यक्रमको निरन्तरता र स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हाल ११ वटा सामुदायिक विद्यालयहरूमा यो कार्यक्रम निरन्तर रूपमा सञ्चालनमा रहेको जानकारी दिइएको छ।

शिक्षामा नवीन पद्धति र सहभागितामूलक शिक्षण विधिलाई बढावा दिने उद्देश्यले थालिएको एम.जि.एम.एल कार्यक्रमले विद्यार्थीहरूको सिकाइमा उल्लेखनीय सुधार ल्याएको शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले बताएका छन्।

Leave a Reply