चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकका उपसभापति तथा समाजसेवी दोर्जे लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारा वृद्धाश्रम सेवा समितिमा खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ।
भोटेकोशी गाउँपालिका निवासी लामाले बिहीबार चौतारा नगरपालिका–५ मा अवस्थित वृद्धाश्रममा आश्रित १५ जना वृद्धवृद्धा तथा कर्मचारीलाई भोजन गराउनुका साथै खाद्यान्न सामग्री समेत हस्तान्तरण गर्नुभएको हो।
सहयोग स्वरूप उहाँले चामल, दाल, चिनी, बिस्कुटलगायत आवश्यक सामग्री वृद्धाश्रम व्यवस्थापनलाई प्रदान गर्नुभयो।
पार्टी प्यालेसमा खर्चिने फजुल खर्च कटौती गर्दै मानवीय सेवामा लाग्ने उद्देश्यले यस्तो कार्य गरेको लामाले बताउनुभयो। नेपाली काँग्रेसबाट सक्रिय राजनीतिमा रहेका लामाले अघिल्ला वर्षहरूमा पनि सामाजिक सेवाका विविध क्षेत्रमा योगदान दिँदै आउनुभएको छ।