काठमाडौँ ।
कार्शाङ तामाङको प्रस्तुतिमा टुहुरो मयुङ बुरिङ गीत बजारमा आएको छ । मेलम्ची नगरपालिका ८ का तामाङको आफ्नो पहिलो प्रस्तुतीको रुपमा टुहुरो मयुङ बुरिङ बजारमा आएको हो । सोमबार एक कार्यक्रमका बिच वडाध्य जित बहादुर तामाङले एल्बम सार्बजनिक गर्नुभएका छ ।
चर्चित गायक तथा शब्द संकलक सुक्रि दोङले कोर्नुभएको गीतमा सुमिना लोले स्वर भर्नुभएको छ । डम्फु मिडीया प्राइभेट लिमिटेड युट्युब च्यानलमार्फत बजारमा आएको गीतमा पुरुष आवाज शब्द संकलक सुक्रि दोङ स्यमंको रहेको छ । अमृत लामाको संगित संयोजनमा तयार भएको गीतमा बिकट गाउँमा दुख पाएको मयुङ बुरीङ अर्थात एक दिदी अथवा बैनी र दाजु अथवा भाईको कथामा आधारित रहेको लामाले जानकारी दिनुभयो ।
कामाडौमा अरुण तामाङले हालै सञ्चालनमा ल्याउनुभएको दोङ जी क्याफेमा भएको कार्यक्रमको उद्घाटन वडाध्य तामाङले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला प्रतिनिधि सभा क्षेत्र न. २ का प्रवक्ता जित बहादुर तामाङ, नेपाली काँग्रेस वडा नम्बर ८ का ईकाई सभापति भिम बहादुर तामाङको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागी सबैले गीतको सफलताको शुभकामना दिएका छन् । त्यस्तै गीतको प्रस्तोता तामाङले सबैको साथ र सहयोगको अपेक्षा गर्नुका साथै अहिले गीतको अडियो मात्रै आएको र निकट भबिष्यामानै भिडीयो सहितको बजारमा आउने जानकारी दिनुभएको छ । गीतलाई सबैले एकपटक सुन्न तथा शेयर गरेर सबैको माझमा पुर्यएर साथ दिन पनि अनुरोध गर्नुभएको छ ।
गीत सुन्न तलको फोटोमा क्लिक गर्नुहोस :-