महिला हिंसा तथा सामाजिक कुरिती नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

क्यौरानी ।
महिला हिंसा तथा सामाजिक कुरीति नियन्त्रण सम्बन्धी कार्यक्रममा मेलम्ची ८ क्यौरानीमा सम्पन्न भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोग र टोल विकास संस्थाहरूको आयोजनामा वडा कार्यालयमा भएको कार्यक्रममा महिला आत्मनिर्भरता केन्द्र मांकका अध्यक्ष सञ्चमाया तामाङले महिला हिंसा के हो र यो कसरी हुन्छ, र भइरहेको छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो । उहाँले महिलाहरूले जन्मदेखि मृत्यु पर्यन्त पनि हिंसा भोग्नु परिरहेको बताउँदै अहिले बदलिँदो समय सँगैै प्रविधिजन्य हिंसा बढिरहेकोले सचेत रहनुपर्ने धारणा राख्नुभयो । सत्ता, सम्पत्ति र शक्तिका कारण हिंसा हुने गरेको बताउँदै जनचेतना मार्फत मात्रै यसको निवारण गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर गिरीले वडामा गठन भएका टोल विकास समितिहरूलाई सशक्तिकरण गरी महिला पुरुषबीच समानता कायम गर्दै समुन्नत वडा निर्माणमा अघि बढेको बताउनुभयो ।

नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख राजेन्द्र दुलालले कार्यक्रमको औचित्यका बारेमा पुष्टि गर्नुभएको थियो ।

कार्यक्रममा टोल विकास समितिहरू निष्क्रिय किन भए र यसले गर्ने कामहरू के के हुन् भन्ने जस्ता अन्तरक्रियात्मक प्रश्नहरू उठेका थिए । यी प्रश्नहरूको जवाफ दिँदै वडा सचिव बद्री ज्ञवालीले टोल विकास समितिहरू पनि वडा समितिकै एक महत्वपूर्ण अङ्ग भएकोले विकास निर्माणका योजना कार्यान्वयन र समाज निर्माणमा यसको पनि मुख्य भूमिका रहने बताउनुभयो । साथै सबै मिलेर टोल विकास समितिलाई सक्रिय बनाई समाज रूपान्तरणमा काम गर्न सहयोगी भूमिका निर्वाह गर्न पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर गिरी, महिला आत्मनिर्भरता केन्द्र मांकका अध्यक्ष सञ्चमाया तामाङ, नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख राजेन्द्र दुलाल, टोल विकास समितिका अध्यक्ष सचिव र कोषाध्यक्षहरु, वडा बाल सञ्जालका पदाधिकारीहरू, महिला स्वयंसेविकाहरू, स्वास्थ्य इकाईका इन्चाजर्, एकल महिला संजालका अध्यक्ष लगायत स्थानीय गरी करिब ४० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको वडा सचिव बद्री ज्ञवालीले जानकारी दिनुभयो ।

Leave a Reply