नवलपुर ।
इन्द्रावती गाउँपालिका अध्यक्ष कप चौथो रनिङशिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । आज पहिलो दिन सम्पन्न ३ खेलमा वडा नम्बर १०, ४ र ५ ले बिजयी सुरुवात गरेको छ ।
वडा नम्बर १० ले १ लाई, वडा नम्बर ४ ले १२ लाई र वडा नम्बर ५ ले ८ नम्बर वडालाई पराजित गरेको हो । उद्घाटन खेलमा वडा नम्बर १० ले लाई १ लाई १–० गोलले पराजित गर्दै पहिलो खेलमा जित हात पारेको हो । आज भएको दोस्रो खेलमा वडा नम्बर ४ ले १२ नम्बर वडालाई पेनाल्टी सुटआयतमा पराजित गर्दै जित हात पारेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको नतिजा पेनाल्टीबाट निकालेको थियो । आजको तेस्रो तथा अन्तिम खेलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई १–० गोलले पराजित गरेको हो ।
२८ बैशाख सम्म सञ्जालन हुने प्रतियोगिता इन्द्रावती रंगशाला ऐसेलुखर्कमा सुरु भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा वडाहरूले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा विजेता टिमले एक लाख नगद पुरस्कार सहित अध्यक्ष कप रनिङशिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता टोलीले ६० हजार र तेस्रो हुनेले ४० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।