सिन्धुका संचारकर्मीलाई एआई प्रयोग सम्बन्धि कार्यशाला

* # समाचार समाज सिन्धुपाल्चोक

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा जिल्लाका संचारकर्मीहरुलाई पत्रकारितामा एआईको प्रयोग, सम्भावना र चुनौतीका बारे कार्याशाला प्रदान गरिएको छ ।

संचार विभाग ओटवा विश्वविद्यालय क्यानाडाका प्राध्यापक तथा संचार बिज्ञ डाक्टर भानुभक्त आचार्यले नेपाली संचार क्षेत्रमा एआईको सही प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले नयाँ प्राविधिसंगै आफुलाई अझ विकसित गर्दै लैजान सकिने बताउनुभयो ।

जिल्लाका ३५ संचारकर्मी सहभागी सो कार्याशालामा नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रामप्रसाद दाहालले पत्रकार महासंघका भावि कार्ययोजना र श्रमजीवी पत्रकारका हकहितका बारेमा जानकारी गराउनुभयो ।
पत्रकारको क्षमता अभिबृद्दिका लागि तालिमको आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष धुर्व दंगालले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला शाखाका पुर्व सभापति ऋषिराम पौड्यालले संचारकर्मीले जिल्लाका समाचारलाई अझ प्राथमिकता दिन आग्रह गर्नुभयो ।

Leave a Reply