प्रदेश सरकारको ३० लाख लागतमा बन्ने लङ्गुरे डाँडा सामुदायिक भवनको सिलान्यास

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

भिरकुना ।
मेलम्ची नगरपालिका ८ स्थित लङ्गेरे डाँडा सामुदायिक भवनको सिलान्यासडाँडा सामुदायिक भवनको सिलन्यास गरिएको छ । बागमती प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट बन्ने सामुदायिक भवनको बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) र नगर प्रमुख आइतमानले संयुक्त रुपमा सिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा वडाअध्यक्ष जितबहादुर तामाङ, वडाका जनप्रतिनिधिहरु र स्थानीयको सहभागिता थियो ।

आर्थिक वर्ष २०८१/८२ को ३० लाख बजेटबाट निर्माण हुने उक्त भवनको सुब्बा स्याङबोको अध्यक्षतामा रहेको समिति मार्फत काम हुने छ । यही आर्थिक भित्र सम्पन्न गर्नुपर्ने उक्त भवन बहुआयामिक बन्ने उपभोक्ता समितिले जनाएको छ ।

भवन शिलान्याससँगै सांसद तामाङले प्रदेशको बजेटबाट निर्माण भएका वडाका विभिन्न संरचना तथा योजनाहरूको अनुगमनसमेत गर्नुभयो । साथै वडाको मेरुदण्डको रूपमा रहेको दाउचेत केउरानी लाभगाउँ ककनी मोटर बाटोको लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुनेगरी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको अवसरमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरबाट बनेका योजनाहरूलाई सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षमा समेत बजेट विनियोजन गर्ने बताउनुभयो ।

साथै वडाध्यक्ष जितबहादुर तामाङले वडामा बनेका विभिन्न संरचना तथा योजनाहरू सम्पन्न गर्न नगर प्रदेश र संघमा समेत पहल गरी बजेटको व्यवस्था गर्न लागि परेको र आफ्नो कार्यकालभित्र सुरु भएका सबै योजनाहरू सम्पन्न गरेर मात्रै बिदा हुने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply