ईन्द्रावती गाउँपालिकाले भारतीय सहयोग अन्तर्गत चार करोड रुपैयाँको भौतिक निर्माणको सहयोग पाएको छ ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल र भारतीय पक्षले यस सहयोग अन्तर्गतको सम्झौतामा भएको छ । जस अनुसार ईन्द्रावती गाउँपालिकामा दुईवटा स्वास्थ्य चौकी निर्माण हुने अध्यक्ष नेपालले बताउनुभयाे ।
नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार स्थानीय तहहरूबाट आयोजनाको माग गरी परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृति प्राप्त भएपछि परियोजनाहरू सुरु हुनेछ ।
नेपाल र भारत सरकारबीचको सहयोग सम्झौता अनुसार स्थानीय तहहरूबाट आयोजनाको माग गरी विस्तृत परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृत गरेपछि परियोजना सुरु हुन्छ । यो निरन्तर सहयोग हुने कार्यक्रम हो ।
स्वस्थ्य चौकी भवन भारत सरकारले पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत बडा नंम्वर ३ र ६ मा स्वास्थ चौकी भवन निर्माण गरिने छ । पालिकाको निरन्तर खोजी र दातृ निकायको सहयोगका कारण पालिकाले यो उपलब्धि हासिल गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयाे ।
नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकार, काठमाडौँस्थित भारतीय राजदूतावासबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा ईन्द्रावती गाऊपालिका अध्यक्ष झम्कनाथ नेपाल, प्रमुख प्रसासकिय अधिकृत पूर्ण प्रसाद दुलाल, गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्य र गाउँपालिका अध्यक्षका सल्लाहकार डाल बहादुर सापकोटा लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
