पुलिस र गण्डकी तोप २१ भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

नेपाल पुलिस क्लब र गण्डकी प्रदेश चौथो तोप २१ नगरकप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा कोशी प्रदेशलाई ३–२ सेटमा हराउँदै गण्डकीले पुलिस सँगको फाइनल भेट पक्का गरेको हो भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो ।

प्रतिस्पर्धात्मक खेलमा २६–२४ ले पहिलो सेट गुमाएको गण्डकीले उत्कृष्ठ पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट २५–२३ र २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट पुनः काेशीले २५–१६ को फराकिलो अन्तरले जितेपछि दवाबमा परेको गण्डकीले निर्णायक सेट १५–१० ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गरेको हो । अन्तिम सेटमा ८–४ को अवस्थामा मैदान परिवर्तान गर्नुपर्दा निराश बनेको कर्णालीले उत्कृष्ठ पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

पहिलो सेमिफाइनलमा २५–२० र २५–१६ ले लगातार दुई सेट आफ्नो पक्षमा पारेको पुलिस तेस्रो सेटमा लय गुमाउँदा एपीएफले २७ –२५ ले खेल आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा भने पुलिसले आफ्नो पकट जमाई २५–१४ ले खेल आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

कर्णलीसँग हारेको कोशी र पुलसँग हारेको एपीएफ अब तेस्रो स्थानका लागि खेल्नेछ ।

सिन्धुपाल्चोकको चौतारा स्थित टुडिखेलमा चैत १५ देखी जारी प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार नगद सहित पुरस्कार प्राप्त गर्ने छ ।

Leave a Reply