ईन्द्रावती गाउँपालिकाको बिनियोजन विधेयक बहुमतले पारीत भएको छ । आज गाउँपालिकाको सभाहलमा सम्पन्न आठौं अधिवेशनको दोस्रो बैठकले सो विधेयक पारीत गरेको हो ।
ईन्द्रावती गाउँपालिकाको आठौं अधिवेशनको पहिलो बैठकले ९९ करोड ४४ लाख ३० हजार बजेट उपाध्यक्ष शोभाना तामाङले पेश गर्नुभएको थियाे। उक्त बजेटलाई आजकाे दोस्रो बैठकले सो विधेयक पारीत गरेको हो ।
आर्थिक वर्ष २०८२/८३ मा आय तर्फ, आन्तरिक आय दहत्र बहत्र समेत रु. १३ करोड रुपैंया, अन्य आय ९ करोड २१ लाख ३४ हजार, संघिय बित्तिय समानिकरण तर्फ १३ करोड ७२ लाख, संघीय राजश्व बाँडफाँड तर्फ ८ करोड ८७ लाख ६७ हजार, संघीय समपुरक अनुदान तर्फ १ करोड २९ लाख, बिशेष अनुदान तर्फ ६९ लाख, संघीय सशर्त अनुदान तर्फ २८ करोड ३७ लाख गरी जम्मा ५२ करोड ९४ लाख ६७ हजार तथा बागमती प्रदेश तर्फ बित्तिय समानिकरण तर्फ १ करोड ४६ लाख ९ हजार, सवारी कर बाँडफाँड तर्फ ३ करोड १६ लाख ९० हजार, सशर्त अनुदान तर्फ ३ करोड ५ लाख ३० हजार, समपुरक अनुदान तर्फ ९५ लाख र बिषेश अनुदान तर्फ ६५ लाख गरी बागमती प्रदेशबाट जम्मा ९ करोड २८ लाख २९ हजार र साजिक सुरक्षा कार्यक्रम तर्फ १५ करोड गरी जम्मा ९९ करोड ४४ लाख ३० हजार रुपैंया आम्दानी हुने अनुमान गरिएको छ।



आठौं अधिवेशनको दोस्रो बैठक गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।


