मेलम्ची नगरपालिका र काठमाडौं मेडिकल कलेज (KMC) को सहकार्यमा सिन्धुपाल्चोकको मेलम्चीमा गत फाल्गुन २६ गते आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट सिफारिस गरिएका विभिन्न रोगका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गरिएको छ।
शिविरमा स्वास्थ्य परीक्षणपछि गम्भीर शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई छनोट गरिएको थियो। ती बिरामीहरूको काठमाडौं मेडिकल कलेजमा आवश्यक औषधि बाहेक सम्पूर्ण उपचार तथा शल्यक्रिया निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको हो ।
यो कार्यक्रम विशेषगरी आर्थिक रूपमा कमजोर भएका तथा दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवासँग पहुँच सुनिश्चित गर्न नगरपालिकाले अस्पतालसँग सहकार्य गरेकाे नगर प्रमुख आइतमान तामाङले बताउनुभयो ।
मेलम्ची नगरपालिकाको आयोजना तथा KMC को प्रविधिक सहयोगमा सञ्चालन भएको शिविरले धेरै बिरामीहरूको स्वास्थ्य सुधारमा योगदान पुर्याउने मेलम्ची स्वास्थ शाखाका प्रमुख पशुराम श्रेष्ठले विश्वास ब्यक्त गर्नुभयो ।



