बाताबरण संरक्षण गरी कार्वन उत्सर्जन गर्ने देशलाई अक्सिजन बेच्नुपर्छ : अध्यक्ष नेपाल

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले वातावरण संरक्षणको लागि हरियाली प्रवर्द्वन कार्यक्रम आवस्यक रहेको बताउनुभएको छ । इन्द्रावती ७ मा भएको वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि बृक्ष रोपण कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले मानवकै कारण वातावरण बिग्रिएर मानव सभ्यतालाई नै मानवलाई असर परेको बताउनुभयो ।

बिकसित देशले कार्वन उत्सर्जन गरेका कारण हाम्रो जस्तो देशमा असर बढी भएको उहाँको भनाई छ । “हाम्रो देशले बाताबरण संरक्षण गर्दै कार्वन उत्सर्जन गर्ने देशलाई अक्सिजन उत्पादन गरेर बेच्नुपर्छ,”उहाँले भन्नुभयो ।

वातावरण कस्तो बनाउनुपर्छ भनेर सन्देश दिन इन्द्रावतीले बृक्षरोपण गरेको र इन्द्रावती ७ बाट यसको थालनी गरेको उहाँले बताउनुभयो ।

Leave a Reply