इन्द्रावतीमा स्थानिय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले  गत शुक्रबार र शनिबार आएको भीषण वर्षाले १२ वटै वडामा भएका क्षतिको रिर्पोटिङ, १६ गते सम्ममा प्रत्येक वडामा भएको क्षतीका यकिन विवरण उपलब्ध गराई जिल्ला विपद व्यवस्थापन समितीलाई पेश गर्ने, क्युका वसहरु चल्ने सडक तथा अन्य शाखा सडकहरु सुचारु गर्ने कार्य भइरहेकामा बाँकि सडकहरु संचालनका लागी गाँउपालीकाको जे.सि.वी. र वैकल्पिक जे.सि.वी. संचालन गरी अवरुध्द बाटाहरु तुरुन्त सुचारु गर्ने, टेन्ट, प्लाष्टिक तथा त्रीपालहरु तुरुन्त व्यवस्थापन गरी विपद लाभग्राहीहरुलाई उपलब्ध गराउने, वडा नम्बर ९,१०, ११ र १२ को वैकल्पिक सडक तथा ढुंगा गिट्टी बालुवा ढुवानी गर्ने वाटो / सडकहरु मर्मत गर्ने, खानेपानीका संरचनाहरु, विग्रेका र फूटेका पाईपहरु तथा स्थानिय स्तरका खानेपानी योजनाका लथालिंग अवस्थामा रहेका पाईपहरुका लागी आवश्यक सामग्रीहरु खरिद गरी खानेपानी, सुचारु गर्ने, विपद सामाग्री माग गर्ने बारेमा छलफल भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत पुर्णप्रसाद दुलालले बैठकको सहजिकरण गर्नुभएको थियो । बैठकमा इन्द्रावती गाउँपालिकाका वडा अध्यक्षहरुले आ आफ्नाे वडामा भएकाे क्षतिकाे बारेमा जानकारी गराउनुभएकाे थियाे । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट मानविय क्षति नभएपनि खेतियाेग्य जमिनहरुऽ बालिनालि पशु चाैपायाका साथै स्थायी आवासका साथै सडकहरुमा क्षती पुगेकाे वडा अध्यक्षाहरुले जानकारी गराउनुभएकाे थियाे ।

बैठकमा नेपाली सेना,नेपाल प्रहरी, वडाका वडाअध्यक्ष, जनप्रतिनिधि, विपद्का क्षेत्रमा काम गरिरहेका अन्य सरोकारवाला निकाय, पालिकाका कर्मचारी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply