सिम्पालेश्वरीको ५८ औं बार्षिकोत्सव सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 
इन्द्रावती गाउँपालिका १ मा रहेको सिम्पालेश्वरी माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष आइतामान तामाङको सभापतित्व र वडा नम्बर १ का अध्यक्ष चीन लाल तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि नेपालले सिम्पालेश्वरी माविमा आगामी शैक्षिक सत्र देखी कक्षा ११ को पढाइ पनि सुरु गर्ने बताउनुभयो । साथै इन्द्रावती गाउँपालिकाले शिक्षा क्षेत्रको दर्बिलो अभिभावक बन्ने प्रतिबद्धता पनि जनाउनुभयो । वडा नम्बर १ भौगोलिक हिसाबले नेपालको कर्णाली जस्तो भए पनि सिकाइको हिसाबले यो क्षेत्र अन्य वडाहरु भन्दा कम नभएको बताउनुभयो । विकासको लागी सबैमा आत्मियता हुनुपर्ने बताउँदै आफ्नो कार्यकालमा वडा नम्बर १ लाई उच्च प्राथमिकतामा राखेर अन्य वडाहरु समान बनाइने पनि बताउनुभयो । 

कार्यक्रमका विशेष अतिथि वडा नम्बर १ का अध्यक्ष चीन लाल तामाङले कक्षा १० पास हुनेबित्तिकै काहाँ गएर पढ्ने भनेर सोच्न नपर्ने बताउनुभयो । आगामी वर्ष देखी कक्षा ११ यहीँ पढाइ हुने भएपछि सिम्पालका विद्यार्थीहरू नवलपुर तथा चौतारा सम्म धाउनुपर्ने बाध्यता टर्ने बताउनुभयो । 

पूर्व वडा अध्यक्ष श्री लामाले आफ्नो कार्यकालमा बिभिन्न संघ संस्थाको सहयोगमा विद्यालयको भवन निर्माण गरेको स्मरण गराउँदै अहिलेको नेतृत्वने बिद्यालय सुधारमा अझ बढी काम गर्ने अपेक्षा रहेको बताउनुभयो । 

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समिती अध्यक्ष तथा कार्यक्रमका सभापति आइतमान तामाङ मिलनले आफ्नो कार्यकालमा सम्झनलायक कामहरु गरेको बताउनुभयो । १४ वर्ष सम्म आफूले स्वच्छ भावनाले विद्यालयको सेवा गरेको बताउँदै कार्यकाल आजै बाट सकिएको घोषण पनि गर्नुभयो । 

यहि पुष २८ गते नया विद्यालय व्यवस्थापन समिति गठन हुने भएकोले विद्यालयलाई उच्च माबी बनाउने, पहिरोको जोखिममा रहेको विद्यालयको अर्काे भवनको संरक्षण गर्न सक्ने, विद्यालयमा इन्टरनेटको राम्रो ब्यवस्था गर्ने र खेलमैदानको निर्माण गर्ने उद्देश्य लिएर बिद्यालयको नेतृत्व सम्हाल्ने आँट भएकाले नेतृत्व लिन चुनौती दिनुभयो । 

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै प्रधानाध्यापक नवराज खरेलले विद्यालयमा विद्यार्थीहरू नियमित उपस्थिति नहुनु र गृहकार्य नगर्नु चुनौतीको विषय रहेको बताउनुभयो । साथै यस विषयमा अभिभावकले विशेष ध्यान दिनुपर्नेमा प्रधानाध्यापक खरेलले जोड दिनुभयो । त्यस्तै बिद्यालयका लेखापाल डुप छिरिङ तामाङले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा विद्यार्थीहरूले बिभिन्न सँस्कृतिक प्रतुतीहरु प्रतुत गरेका थिए । साथै कार्यक्रमको अवसर पारेर विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरष्कार तथा प्रमाणपत्र पनि बितरण गरिएको छ ।

Leave a Reply