सिन्धुपाल्चाेकमा नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचनमा गठबन्धन गर्ने भएका छन् । चुनावमा गठबन्धन नगर्ने घोषणा गरेर सत्ता सहकार्य सुरु गरेका दलहरुका विद्यार्थी सङ्गठनहरूले भने गठबन्धन गर्ने तयारी गरेका छन् ।
यही चैत ५ गते हुने निर्वाचनका लागि सिन्धुपाल्चोकमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच गठबन्धन गर्ने सहमति भएको हो । स्ववियु चुनाव हुने १२ क्याम्पसलाई ६-६ वटामा नेतृत्व लिनेगरी सहमति भएको छ । सभापति लिएको संगठनले सचिव र कोषाध्यक्ष लिएको संगठनले उपाध्यक्षमा उम्मेदवारी दिने दुई संगठनबीच सहमति भएको हो । सिन्धुपाल्चाेकका १२ क्याम्पसमध्ये ६/६ वटामा नेतृत्व लिने गरी सहमती भएकाे हाे ।
