रेडियो मिसन, मेलम्ची ।
मेलम्चीमा आज देखी आयल स्टोर सञ्चालनमा आएको छ । मेलम्ची ११ स्थित धितालबेँशीमा सन्तोषी आयल स्टोरको आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गरेसँगै स्टोरबाट तेल बितरण समेत सुरु भएको हो ।

आयल स्टोरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्रमुख तामाङले मेलम्चीमा आयल स्टोर सञ्चालनमा आएसँगै मेलम्चीको सान बढाएको बताउनुभएको छ ।

क्षेत्र नम्बर २ को केन्द्रमा सञ्चालित पेट्रोल पम्पले यहाँका नागरिकलाई सहजता हुने बताउँदै प्रमुख तामाङले लामो समयको मेहेनत र पहलपछि निर्माण भएको आयल स्टोरको सफलताको कामना पनि गर्नुभयो । आर्थिक रूपमा चरम संकट रहेको अवस्थामा पनि यति ठुलो लगानि गर्नु चुनौति रहेपनि त्यो आवश्यकता नै रहेको उहाँको भनाई थियो । साथै उद्योगी व्यावसायिलाई योजना सहित पालिकासंग समन्वय गर्न आग्रह पनि गर्नुभयो ।

१६ हजार लिटर पेट्रोल ४८ हजार लिटर डिजेल भण्डारण क्षमता रहेको स्टोर लामो समयको प्रयासपछि सञ्चालनमा ल्याउन सफल भएको बताउँदै कार्यक्रमका सभापति तथा सञ्चालक सुवास बानियाँले योे एउटा सेवाको व्यावसाय भएको र उपभोक्ताको लागि सरल र सहज सेवा दिन आफुहरू लागिरहने बताउनुभयो ।
उद्घाटन समारोहका विशेष अतिथि उपप्रमुख उमा प्रधान, वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्का, वडा नम्बर ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाशी लामा, मेलम्ची नगरपालिकाका पूर्व प्रमुख डम्बर बहादुर अर्याल, उद्योग बाणिज्य सहासंघ मेलम्चीका महासचिव तारा बहादुर बानियाँ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची अध्यक्ष सालिकराम अधिकारी, उद्योग बाणिज्य संध सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, उपेन्द्र तामाङ लगायतले मेलम्चीका लागी आयल स्टोर आवश्यक रहेकोमा अब यसको पूर्ति भएको बताउँदै निरन्तरताका लागि शुभकामना दिनुभएको छ ।
उद्घाटन समारोहमा निर्वाचित तथा पुर्व जनप्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, उद्योगी तथा व्यावसायिहरू, राजनितिक दलका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू लगायत स्थानियहरूको सहभागीता रहेको थियो ।










