मेलम्चीका गृहिणि महिलाका लागि १५ दिने माैरी पालन तालिम सुरू

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाकाे आयाेजनामा मेलम्ची नगरपालिका वडा नं.६ र ९ मा गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत सञ्चालित १५ दिने माैरी पालन तालिमकाे शुभारम्भ गरिएको छ ।

६ नम्बर वडामा तालिम उद्घाटन गर्नुहुदै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले याे कार्यक्रमबाट गृहिणी महिलाहरूकाे सशक्तीकरणका लागि उद्यमशीलता,स्वालम्बन र सीपमूलक तालिम मार्फत स्वराेजगार एंव आत्मनिर्भर बनाउन सहयाेग गर्ने बताउदै तालिममा सकृय सहभागी हुन अनुराेध गर्नुभयो ।

मेलम्ची नगरपालिका वडा नं.६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङज्यु लगायत उपस्थित हुनुहुन्थ्यो ।त्यस्तै मेलम्ची ९ मा पनि कार्यबहाक वडा अध्यक्ष सरिता पराजुलीको अध्यक्षतामा एक कार्यक्रमका विच तालिम उद्घाटन गरिएको छ ।

वडा नम्बर ६ मा २८ र ९नं मा १२ जना सहभागी रहेको नगरपालिकाका महिला बालबालिका तथा समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।

Leave a Reply