मैले पुज्ने मन्दिर नै विद्यालय हाे : नेता बानियाँ

* शिक्षा समाचार समाज सिन्धुपाल्चोक

कुञ्चाेक , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नेपाल किसान महासंघका केन्द्रिय सदस्य उद्वव बानियाँले आफु मन्दिर कम विद्यालय बढि जाने गरेकाे बताउनुभएकाे छ ।

विहिवार सिंहमती माध्यमिक विद्यालयमा भएकाे शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता बानियाँले आफुले पुज्ने मन्दिर नै विद्यालय भएकाे उल्लेख गर्नुभयाे । शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्न साे विद्यालय पुग्नुभएका बानियाँले विद्यार्थी भविस्यकाे उर्जा भएकाे बताउनुभएकाे छ ।

विद्यार्थीकाे ज्ञानसिप पाठ्यक्रममा मात्र निर्भर नहुने भन्दै उहाँले विद्यार्थीकाे पहिचान गरेर प्रवर्द्वन गर्ने हाे भने विद्यार्थीकाे भविस्य उज्ज्वल बन्ने बताउनुभयाे । आफुले शिक्षा क्षेत्रमा निरन्तर सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्दै विद्यार्थीकाे प्रतिभा पहिचान गरेर अतिरिक्त क्रियाकलापमा पनि जाेड दिनुपर्ने धारणा राख्नुभयाे ।

“हामी पढ्दा एक पट्टीकाे बेन्चकाे खुट्टानै हुँदैन थियाे, अहिले विद्यार्थीलाई धेरै सेवा सुविधा प्राप्त भएका छन”, उहाँले भन्नुभयाे ।

Leave a Reply