नेपाल गोजुरियो कराँते संघ दुवाचौर बालसुधार कराते डोजोको प्रशिक्षणरत कराँते खेलाडीहरुको चौथो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा , नेपाल गोजुरियो कराँतेका प्रमुख प्रशिक्षक बिआर मित्र, संघका केन्द्रिय सचिव अन्तर्राष्ट्रिय रेफ्री सानुबाबु गिरी, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
२५ जना प्रशिक्षार्थिमध्ये १ जनालाई एल्लो,१ जनालाई ओरेन्ज बेल्ट र १२ जनालाई ब्ल्यु बेल्ट र २ ग्रीन र पर्पल ५ जना, ब्राउन ४ जनालाई प्रदान गरिएको नेपाल गोजुरियो कराँते संघ बाल सुधार डोजोका प्रशिक्षक विजय तामाङले जानकारी दिनुभयो ।
कराँतेको सहजिकरण विजय तामाङ र चन्द्र तामाङले गर्नुभएको थियो भने कार्यक्रममा विद्यालयका अध्यक्ष नवराज सुवेदी , डोजोको अध्यक्ष दुर्गा श्रेष्ठ प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
