खुल्ला बोडगाउँ जय नेपाल फुटबल प्रतियोगिताको वंशलाल तामाङद्वारा उद्घाटन

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।

खुल्ला बोडगाउँ जय नेपाल फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासँघका महासचिव तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले उद्घाटन गर्नुभएको हो ।

बिकास अनुशासन र गतिशिलता आजको युवाको आवस्यकता भन्ने नारा सहित प्रतियोगताको आयोजना गरिएको बोडगाउँ युवा क्लबका अध्यक्ष मोहन माझीले बताउनुभयो ।

प्रतियोगितामा २१ टोलिले टिम दर्ता गराएको वडा अध्यक्ष रामजी माझीले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने टोलीले ५० हजार एक सय एक, द्वितीय हुनेले ३० हजार एक सय एक, तृतीय हुनेले २० हजार एक सय एक तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

इन्द्रावती गाउँपालिका र वडा नम्बर ११ को आर्थिक सहयोगमा आज बाट सुरू भएको प्रतियोगिता १२ गते समापन हुने छ । इन्द्रावती ११ मा बोडगाउँ युवा क्लबको आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको समापन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा हुने बताइएको छ।

Leave a Reply