बाणिज्य कार्यालय र चाैतरा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेग तथा अरनिको कृषि तथा पशुपालन फर्मले आयाेजना गरेकाे १५ दिने( कफी) बारिष्ता तालिम ४४ जनाले लिएका छन् ।
जेठ २ गतेबाट अरनिकाे रिसोर्ट प्रा.लि. चाैतारामा सञ्चालित तालिम १६ गतेसम्म चलेकाे थियाे । तालिमकाे एक कार्यक्रमकाे आयाेजना गरि बिहिबार समापन गरिएकाे छ ।
तालिम समापनमा बाेल्दै नगरप्रमुख कृष्णप्रसाद सापकाेटाले नगरबासीलाई कृषिमा निर्भर बनाउन आवश्यक कार्यक्रम तय गरिएकाे बताउदै कफी उत्पादनमा समेत लाग्न सहभागी र आयाेजक कृषि फर्मलाई आग्रह गर्नुभयाे ।
नगर उपप्रमुख सीता थापाले तालिमबाट नगरले आगामी दिनमा थप कार्य गर्नकाे लागि प्रेरणा थपेकाे बताउनुभयाे ।
तालिममा सहभागी बिजय नेपालले कफीकाे धेरै प्रकार हुने रहेछ भनी तालिम लिएपछि मात्र थाह भएकाे बताउनुभयाे । उनले बल्ल कफी चिन्न सक्ने भएकाे भन्दै आगामी दिनमा थप तालिमकाे माग गर्नुभएकाे छ ।
त्यस्तै अर्का सहभागी राेशनी दुलालले आगामी दिनमा आफै व्यवसाय गर्न सक्ने र बैदेसिक राेजगारीकाे लागि पनि टेवा पुग्ने बताउनुभयाे ।
तालिममा सहभागिहरु र प्रशिक्षकलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले प्रमाणपत्र बितरण गर्नुभएकाे हाे । त्यस्तै उद्योग बिकास कार्यालयले नगरपालिकालाई तालिममा सहयाेग पुर्याएकाे भनी प्रशंसा गर्दै कदर पत्र प्रदान गरिएकाे थियाे । उक्त कदरपत्र उद्याेग बिकास कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले नगरप्रमुख सापकोटालाई प्रदान गर्नुभअएकाे हाे ।
अरनिकाे कृषि फर्मका व्यवस्थापक दिपेन्द्र घलेले स्थानीय रुपले राेजगारी सिर्जना गर्ने हेतुले कफी उत्पादन देखि प्रसाेधन र परिकार तयारसम्मकाे बिषयबस्तु समेटेर तालिम गरिएको बताउनुभयाे ।
कृषि फर्मका अध्यक्ष शारदा घलेकाे अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा पूर्व सांसद सुवास कर्मचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष हाेमननारायण श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्ताेष खड्का , भु तथा जलाधार कार्यालयका प्रमुख दिवाकर मास्के र पत्रकारहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।