शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक


ज्यामिरे । शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ द्वारा आयोजित सरोकारवालाहरु संगको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी गर्दै समापन भएको छ ।

श्रावण २६ र २७ मा भएको अभिमुखिकरण कार्यक्रममा विद्यालयका प्रअ, विव्यसका प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो । वडाको शैक्षिक गुणस्तर बृद्विको लागी कार्यक्रमको आयोजना गरिएको वडा नं ९ का वडा अध्यक्ष किरणदिप खड्काले जानकारी दिनुभयो ।

मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता र वडा अध्यक्ष किरणदिप खड्काको सभापतीत्वमा भएको कार्यक्रममा मन्तब्य राख्दै वडा अध्यक्ष खड्काले टिम वर्क नभएमा शैक्षिक गुणस्तर अभिवृद्वि हुन नसक्ने धारणा राख्नुभयो । शैक्षिक गुणस्तर बृद्विको लागी प्रअ, विव्यस, अभिभावक, जनप्रतिनिधि सबै जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख आइतमान तामाङले शैक्षिक गुणस्तर अभिवृद्विको लागि निरन्तर नगरपालिकाको टिम खटिरहेको जानकारी दिनुभयो । यस बर्ष नगरपालिकाले शिक्षामा १० करोड लगानी गर्ने उहाँले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर अभिवृद्विको लागि जहाँ आवस्यकता छ त्यहाँ लगानी गर्न आफु तयार रहेको जानकारी समेत दिनुभयो ।


उक्त अभिमुखीकरण कार्यक्रममा जारि गरिएको १७ बँुदे सामुहिक प्रतिवद्वतामा शिक्षक, विव्यस, अभिभावक र वडा समितिले गर्नुपर्ने कामहरुको बारेमा उल्लेख गरिएको छ ।


वडा शिक्षा समिति द्वारा आयोजित उक्त कार्यक्रको समापनमा नगर प्रमुख आइतमान तामाङ , वडा अध्यक्ष किरणदिप खडका, वडा समितिका पदाधिकारीहरू, वडाभित्रका सबै विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरू, विव्यस समितिका पदाधिकारीहरू, बाल क्लवका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण शिक्षा विद् श्री बालकृष्ण गैरैले गर्नुभएको थियो । कार्यक्रमको हिजो नगर पालिकाका उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको थियो ।

यस्तो छ १७ बुँदे सामुहिक प्रतिवद्वता

मेलम्ची नगरपालिका वडा नं ९ वडा शिक्षा समितिद्वारा मिति २०८०/०४/२६ र २७ मा आयोजित शैक्षिक गुणस्तर अभिवृद्धिका लागी सरोकारवालाहरुसंगको अन्तरक्रियात्मक अभिमूखिकरण पश्चात जारी गरिएको सामुहिक प्रतिवद्धता :

१, हामी विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले आ आफ्ना आचार संहिता पूर्णरूपमा पालन गर्छौं ।
२, हामी शिक्षकहरूले वडा शिक्षा समितिले तयार पारेको शिक्षक डायरीलाई पूर्ण रूपमा कार्यान्वयन गर्छौं ।
३, हामी शिक्षकहरूले तयार पार्नु पर्ने शैक्षणिक योजना तयार पारी सो अनुसार शिक्षण गर्छौं ।
४, हामी शिक्षकहरूले आधुनिक सूचना प्रविधि र सिकाइ सामग्रीको अधिकतम उपयोग गरी सबै किसिमका सिकाइ शैली भएका विद्यार्थीहरूलाई सहयोग पुग्ने गरी शिक्षण गछौं । यसका लागि सिकाइ सामाग्रीको पहिचान, सङ्कलन र निर्माणमा जोड दिन्छौं । नपुग सामग्रीका लागि प्रधानाध्यापकलाई अनुरोध गर्छौं ।
५, विद्यालय हातामा जङ्क फुड निःशेध गरी स्वस्थ खाजाको व्यवस्था मिलाउछौं ।
६, विद्यालयमा कुनैपनि प्रकारको विभेद, दुव्र्यवहार र हेपाइ रहित बालमैत्री बातावरण सिर्जना गरी शिक्षण गछौं ।
७, बालबालिकाको सिकाइका लागि हामी शिक्षकहरू प्रधानाध्यापकप्रति र प्रधानाध्यापक वडा शिक्षा समितिप्रति जवाफदेही हुने गरी कार्यसम्पादन सम्झौता गर्नेछौं ।
८, सबै मिलेर हाम्रो विद्यालयलाई हरित विद्यालय बनाउँनेछौं ।
९, मैले पढाउने विषयको सिकाइका लागि मैले विद्यार्थीलाई जिम्मेवार बनाउँछु र म शिक्षक पनि पूर्णरूपमा जिम्मेवार हुनेछु ।
१०, मैले विद्यालयको गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकका हैसियतले कुनै पनि कसर बाँकी रहन दिने छैन ।
११, चुस्त दुरूस्त निर्णय, नियमित विद्यालय अनुगमन र सबैलाई उत्प्रेरित गर्ने व्यवस्थापन समितिको भूमिका हामी व्यवस्थापन समितिका पदाधिकारीले निर्वाह गर्नेछौं ।
१२, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा हामी शिक्षक अभिभावक सङ्घका पदाधिकारीले हाम्रो भूमिका कुशलता पूर्वक निर्वाह गर्नेछौं ।
१३, शिक्षक र अभिभावकबाट अभिप्रेरित भई सिकाइका लागि हामी विद्यार्थीहरू जिम्मेवार हुनेछौं ।
१४, म अभिभावकले मेरा बालबालिकालाई सफा सुग्घर बनाएर दिनहुँ विद्यालय पठाउछु र घरमा पनि पढ्न र गृहकार्य गर्न उत्प्रेरित गर्छु ।
१५, हामी वडा शिक्षा समिति र नगरपालिकाका पदाधिकारीहरूले विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक नीतिगत निर्णय लिनेछौं र विद्यालयको नियमित अनुगमन गरी सबैलाई उत्प्रेरित गर्नेछौं । साथै विद्यालय र शिक्षकका समस्या र आवश्यकतालाई पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसमक्ष पहल गर्नेछौं ।
१६, वडा भित्रका सबै विद्यालयमा तहगत रूपमा पठन पाठन र परीक्षा प्रणालीमा एकरूपता ल्याउने छौं ।
१७, वडा भित्रका सबै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र कर्मचारीको कार्यसम्पादन, शैक्षिक गुणस्तर वृद्धिलाई आधार मानी उपलब्धिको आधारमा वडा शिक्षा समितिले पुरस्कारको व्यवस्था गर्नेछ ।

Leave a Reply