मेलम्ची l
दशै नजिकिएसँगै मेलम्ची नगरपालिकाले मेलम्ची आसपासका यात्रुवर्गको सहजताको लागी मेलम्चीमा अस्थायी पुलको लागी मेलम्ची र इन्द्रावती खोलामा ह्युम पाइप राख्न सुरु गर्ने भएको छ ।
गत वर्षको बाढीका कारण मेलम्ची र इन्द्रावती खोलामा रहेको पक्की मोटरेबल पुल बगाएपछि बनाएको अस्थायी पुल यस वर्षको वर्खामा निकालेको थियो ।
आज नगरप्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धिताल, वडा नम्बर ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल, मेलम्ची नगर उद्योग वाणिज्य सघंका सचिव एकलाल श्रेष्ठ, पत्रकार देवराज सुवेदी, प्राविधिक लगायतको टोलिले मेलम्ची फट्टे र इन्द्रावती दोभानमा ह्युम पाइप हाल्नका लागि स्थलगत अवलोकन गर्नुभएको हो ।
अनुगमनमा प्रमुख तामाङले भोलीबाट ह्युमपाइप हाल्न सुरु गगर्ने जानकारी दिनुभयो । उहाँले चार्डपर्व नजिकिदै गएकाले पनि तत्काल जोखिम मोलेरै ह्युमपाइप हाल्न नगरपालिका बाध्य भएको बताउनुभयो । विगत देखिनै नागरिकहरुले ठुलो सास्ती खेप्न परेको भन्दै प्रमुख तामाङले दशैका लागि चाहिने सामाग्री ओसारपसार गर्न सहजहोस् भन्ने उद्देश्यले दशै अघिनै ह्युमपाइप हाल्ने प्रयत्न गरिएको जानकारी दिनुभयो । उहाँले सकेसम्म पुरानै स्थानबाट ह्युम पाइप हाल्न सुरुगर्ने र कुनै समस्या आएमा वैकल्पिक माध्यमबाट भएपनि दशै अघिनै यातायात सञ्चालन गर्न प्रयास गर्ने बताउनुभयो ।
यी दुई स्थानबाट यातायात सञ्चालन हुन सके मेलम्ची र इन्द्रावती-पाँचपोखरी-थाङ्पाल गाउँपालिका र चौतारा तथा मेलम्ची-दुवाचौर-बाँसखर्क-बरुवा लगायतका यात्रुहरुलाई आवतजावत गर्न सहज हुनेछ ।