ईन्द्रावतीमा एच. पी. भी. खोप अभियानको कुल लक्ष्यको ९७.०९ प्रतिशत प्रगती

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाँउपालिकामा ९ सय ७० जना किशोरीले पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एच. पी. भी. खोप लगाएका छन् । पालिकाले कुल लक्ष्यको ९७.०९ प्रतिशत प्रगती गरेको हो । माघ २२ गते देखि सुरु भएकोे एच. पी. भी. खोप अभियान अन्तर्गत पालिकाका ९ सय ७० छात्रालाई खोप लगाइएको हो ।

स्वास्थ्य शाखाको अनुसार विद्यालयमा गएर अध्ययन गर्ने कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एच. पी. भी. खोप लगाईएको हो । एच. पी. भी. खोप अभियानका लागि स्वास्थय संस्थाहरुमा खोप केन्द्र सञ्चालन गरिएको थियो ।

वडा नम्बर १ मा ४५ जनाको लक्ष्य रहेकामा ४३ जनाले खोप लगाएका छन् । वडा नम्बर २ मा ६८ जनाको लक्ष्य रहेकामा ६६ जनाले खोप लगाएका छन् । वडा नम्बर ३ मा ५४ जनाको लक्ष्य रहेकामा ५४ जनाले खोप लगाएका छन् । वडा नम्बर ४ मा १४७ जनाको लक्ष्य रहेकामा १३७ जनाले खोप लगाएका छन् । वडा नम्बर ५ मा ११७ जनाको लक्ष्य रहेकामा ११४ जनाले खोप लगाएका छन् ।

वडा नम्बर ६ मा ५७ जनाको लक्ष्य रहेकामा ५२ जनाले खोप लगाएका छन् । वडा नम्बर ७ मा ९२ जनाको लक्ष्य रहेकामा ९२ जनाले खोप लगाएका छन् । वडा नम्बर ८ मा १८ जनाको लक्ष्य रहेकामा ४८ जनाले खोप लगाएका छन् । वडा नम्बर ९ मा ६९ जनाको लक्ष्य रहेकामा ६३ जनाले खोप लगाएका छन् । वडा नम्बर १० मा ९२ जनाको लक्ष्य रहेकामा ९७ जनाले खोप लगाएका छन् । वडा नम्बर ११ मा ६२ जनाको लक्ष्य रहेकामा ६३ जनाले खोप लगाएका छन् भने वडा नम्बर १२ मा १५२ जनाको लक्ष्य रहेकामा १४५ जनाले खोप लगाएका छन् ।

Leave a Reply