बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ पानचोकस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर भएका २६ वर्षीय अशोक तामाङ, सोही ठाउँका २५ वर्षीय सरोज तामाङ र २२ वर्षीय समीर तामाङ, पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ घर भएका निराजन आचार्य, नवज्योति गुरुङ र सोही ठाउँका हिराबहादुर तामाङ छन् ।
यो समूहले २० माघको राति पौन १२ बजेतिर पानचोकस्थित छेवाङ नुर्बुको घरमा चोरी गरेको आरोप छ । प्रहरीले उनीहरुबाट ११ थान मोबाइल चोरीमा प्रयोग हुने रड र ५ थान टिभी बरामद गरेको छ ।
पक्राउ परेकाहरूमथि चोरीको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।