सार्वजनिक यातायतमा विद्यार्थीलाई छुट नदिए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

* # राजनीति शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची l
सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरुलाई सरकारले तोकेको छुट दिन माग गर्दै अनेरास्ववियुले समितीको ध्यानाकर्षण गराएको छ ।

विद्यार्थी आन्दोलनको उपलब्धी स्वरुप राज्यद्वारा बिद्याथीलाई दिँदै आएको ४५ प्रतिशत छुट दिन माग गर्दै अनेरास्ववियु मेलम्ची नगर कमिटीले आज समितीको ध्यानाकर्षण गराएको हो ।

मेलम्ची नगरपालिका अन्तर्गत भएर चल्ने हेलम्बु, सिन्धु हेलम्बु र आमा याङ्ग्री यातायात सेवा समितिका बसहरुले छुट नदिएको भन्दै मेलम्चीमा रहेका सम्बन्धित यातायातको काउण्टर मार्फत समितिलाई ध्यानाकर्षण गराउनुका साथै समन्वय तथा सहजीकरणका लागि इलाका प्रहरी कार्यालय मेलम्चीमा समेत ध्यानाकषर्ण गराएको अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी सह–सचीव नवीन पाण्डले जानकारी दिनुभयो ।

अनेरास्ववियु मेलम्चीका इन्चार्ज सन्तोष बस्नेत, मेलम्ची नगर कमिटिका पदाधिकारी सहित सदस्यहरुको उपस्थितीमा आज यातायात समितिको काउन्टरमा ज्ञापनपत्र र इलाका प्रहरी कार्यलयमा अनुरोध पत्र बुझएको कमिटी अध्यक्ष रामहरी कार्कीले जानकारी दिनुभयो ।

आफुहरुको माग पुरा गर्न ७ दिनेको अल्टिमेटम दिएको र मागको बेवास्ता गरेमा अनेरास्ववियुले थप आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने पाण्डेले चेतावनी दिनुभयो । विद्यार्थीहरुको संघर्षपुर्ण आन्दोलन बाट प्राप्त अधिकारबाट कुनैपनी हालतमा विद्यार्थीहरु बञ्चित हुन नदिन अनेरास्ववियु मेलम्ची र अनेरास्ववियु सिन्धुपाल्चोक सदैव प्रतिबद्ध रहेको इन्चार्ज बस्नेतले दावि गर्नुभयो ।

Leave a Reply