मेलम्ची बजार अनुगमन, मिति गुज्रेका खाद्यपदार्थहरु नष्ट

* # अर्थ बाणिज्य खानपिन समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।

मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । नगरपालिकाको नेतृत्वमा हिजो मेलम्ची संयुक्त बजार अनुगमन गर्दै म्याद गुज्रेका खाद्यपदार्थहरु नष्ट गरेको छ ।

मिति नाघेका चिउरा, भुजिया, दालमोठ, बिस्कुट, चक्लेट, पेय पदार्थ, काजु बदाम, चाउचाउ, मसलाह लगायत अखाद्य सामग्री नष्ट गरेको हो । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियम विपरीतको मुल्यमा बिक्री वितरणमा नियन्त्रण, म्याद नाघेका खाद्य वस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । बजार अनुगमनका क्रममा खाद्य पदार्थमा सुजी, मरमसाला, चाउचाउ, बिस्कुट, कोकाकोला, दालमोठ प्रायः बढी मात्रामा म्याद गुज्रेका भेटिएको थिए ।

साथै अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे–नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन पनि दिएको छ ।

Leave a Reply