सामुहिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेलम्बु ४ को २१ औं बार्षिक साधारणसभा सम्पन्न

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु ।

सामुहिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेलम्बु (४ को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बुद्धिमान तामाङले सहकारीले आफ्नो निति, नियममा बसेर उदेश्य अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । तामाङले सदस्यहरुले पनि चासो कम दिँदा सहकारीहरुमा समस्या हुने गरेको बताउँदै सदस्यले सबै गतिविधिमा चासो राख्नु पर्नेमा जोड दिनुभयो ।

सहकारीका ८१६ महिला र ७३३ पुरुष गरि १ हजार ५ सय ४९ सदस्य रहेका अध्यक्ष बलराम सुनार बिकले जानकारी दिनुभयो ।
सहकारीले व्यवसायीक रुपमा कारोबार सञ्चालन गर्न विभिन्न सहयोगी निकायहरुविच सम्पर्क समन्वय गर्न सक्नु , सदस्यहरुले समुह मार्फत बचत संकलन गर्ने गरेको बालबालिकाको उच्च शिक्षाका लागि शैक्षिक बचत, युवा, कृषक तथा गृहिणी सदस्यहरुलाई उपदान बचत र साना तथा मझौला व्यवसायीहरुका लागि उद्यमी वचत योजना सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।आगामी दिनमा सहकारी शिक्षा कार्यक्रम , उत्कृष्ट बचतकर्ता ऋणी लगायतलाई सम्मानित गरिने अध्यक्ष सुनारले जानकारी दिनुभयो ।
प्रतिबेदन प्रस्तुत गर्दै कोषाध्यक्ष धुर्व लामिछानेले रासायनिक मल वितरण गर्दा पारदर्शी गर्न आग्रह गर्नुभयो । उहाँले लापरबाही गर्दा सिंगो सहकारीको बदनाम हुने भएकाले त्यस्ता क्रियाकलाप नगर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा समाजसेवी पदमकुमार श्रेष्ठ ,बुद्धिकृष्ण लामिछाने र सुर्यमायान तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

Leave a Reply