रेडियो मिसन ।
सामुदायिक बकास तथा वातावरण संरक्षण मञ्च, सिडिइसिएफ नेपालको २६ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।
ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष नेपालले संस्था कस्तो हुने भन्ने कुरा संस्थाको नेतृत्वले निर्धारण गर्ने बताउँदै दत्तचित्त भएर लाग्ने टिम भएमा मात्र संस्था सफल हुने धारणा राख्नुभयो । सिडिइसिएफमा कुसल नेतृत्व भएको उहाँले दावि थियो । यो संस्था स्थानीय एनजिओ भएपनि राष्ट्रिय स्तरको काम गरेको बताउँदै जनप्रतिनिधिले संस्थागत बिकासको लागी खेल्ने भुमिका खेल्न तयार रहेको बताउनुभयो । अपाङ्गता, जलवायु परिवर्तन, विपद लगायत धेरै क्षेत्रमा काम गरेकाले यो एनजिओ प्रशंसा गर्न योग्य रहेको र राम्रो काम गर्ने सबै गैह्र सरकारी संस्थालाई गाउँपालिकामा स्वागत गर्न सँधे तयार रहेको बताउनुभयो । साथै ६ ओटा चिलिङ भ्याट स्थापना गरि सञ्चालन गर्ने ईन्द्रावती गाउँपालिका पहिलो रहेको जानकारी दिँदै यो गर्वको कुरा रहेको उहाँको भनाई छ ।
कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले सिडिइसिएफको कामबाट गाउँपालिका सन्तुष्ट रहेको बताउनुभयो । सुख दुखमा यो संस्थाले साथ दिँदै आएको र समुदायमा सकारात्मक काम गरिरहेको बताउँदै सँस्थाको कामको प्रशंसा गर्नुभयो ।
त्यस्तै मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले बिपद संग काम गर्ने संस्थाको नाम सोध्यो भने सिडिइसिएसको नाम आउने बताउनुभयो । बिपत्तीको बारेमा धेरै कुरा जान्ने मौका पनि यो संस्थाले दिएको बताउँदै आफूले संस्थाबाट सिकेका कुरा उपप्रमुख हुँदा लागू गर्न पाएको बताउनुभयो । साथै सँस्थाले अब जलवायु परिवर्तनको क्षेत्रमा पनि काम गरोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।
सँस्थाका अध्यक्ष रामजी थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, ईन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र कुमार खाती, वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामा, वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरे, गाउँपालिकाका प्रमुखका राजनितिक सल्लाहकार डाल बहादुर सापकोटा, जनप्रिनिधि, सिडिइसिएफका कार्यकारी निर्देशक गोविन्द सापकोटा, सिडिईसिएफका सल्लाहकार सारदा प्रसाद सापकोटा, प्रहरी प्रतिनिधि, रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देल, संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
![](https://radiomission.org/wp-content/uploads/2025/01/Messenger_creation_7F314E90-414D-403A-A3F1-6D718C2B224F-933x700.jpeg)
![](https://radiomission.org/wp-content/uploads/2025/01/Messenger_creation_7E4EAF40-A9FF-4936-89E5-894285B7B4CF-933x700.jpeg)
![](https://radiomission.org/wp-content/uploads/2025/01/Messenger_creation_9A199E2B-FBFE-4971-91FE-21B0DC1905EB-933x700.jpeg)
![](https://radiomission.org/wp-content/uploads/2025/01/Messenger_creation_C4869071-0404-4405-8ED2-8B6B48BD4862-933x700.jpeg)