रेडियो मिसन ।
ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको नवोबुद्ध आधारभुत विद्यालयको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भवनको उद्घाटन गर्नुभएको हो । यसै अवसरमा बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समाजसेवी मंगले तामाङ (मनोत्र झाँक्री) ले शैक्षिक सामाग्रीहरु पनि बितरण गर्नुभएको छ ।
उहाँले करिव एक लाख बराबरको ट्रयाक सुट, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गर्नुभएको वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो ।
गत शैक्षिक सत्रदेखि बाल विकास कक्षा थप गरि कक्षा ३ सम्म अध्यापन गरिरहेको बिद्यालयमा अहिले ४० भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत छन् ।
कार्यक्रमको अवसरमा बिद्यालयका सा(साना नानी बाबुहरुले नृत्य प्रदर्शनको प्रयास गरेका थिए ।
कार्यक्रममा गाउँपालिमा अध्यक्ष झम्कनाथ नेपाल, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, वडाका जनप्रतिनिधिहरु, साजसेवी मनोज तामाङ, अभिभावक विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।



