हेलम्बु ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, हेलम्बु गाउँ समितिको तेस्रो पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । पूर्णबहादुर पण्डितको अध्यक्षतामा अध्यक्षतामा १७ सदस्यीय गाउँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भण्डारी, एमाले नेता बेनबहादुर पण्डित, रवि भण्डारी, शिक्षक संगठन मेलम्चीका अध्यक्ष कृष्णप्रसाद ढुङ्गाना पूर्व अध्यक्ष लेखनाथ भट्टराई , उद्द्व लामिछाने लगायतले शिक्षकहरूलाई पेसागत बन्न कार्यकुशलता र क्षमता अभिवृद्धि गर्नुपर्ने र सामुदायिक विद्यालय सुधार गर्न लाग्नु पर्ने धारणा सहित शुभकामना ब्यक्त गर्नुभयाे ।
संगठनको उपाध्यक्षमा बिमला दुलाल र ज्ञानबहादुर पण्डित, सचिवमा कृष्ण मुरारी लामिछाने, सहसचिवमा रेणु केसी कोषाध्यक्षमा कृष्णचन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा कमल थापा लगायत १० जना सदस्यहरू निर्वाचित हुनुभएको छ।
कार्यक्रममा लामो समय शिक्षण सेवामा रही सेवानिवृत्त हुनुभएका जयवागेश्वरी मा.वि. पाल्चोकका पूर्व प्रधानाध्यापक रामगोपाल श्रेष्ठलाई सम्मान गरिएको छ ।