दुवाचौरका दुई सामुदायिक कृषि सहकारी संस्थाको वार्षिक साधारणसभा सयुंत्त रुपमा

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

दुवाचौर ।
दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १३ औं र पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची ७ दुवाचौरको नवौं वार्षिक साधारणसभा सयुंत्त रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची (७ का अध्यक्ष पासाङ तामाङले सहकारीप्रति सदस्यको चासो कमि हुँदै गएको भन्दै संचालक समितिको कार्य र सहकारीको गतिविधिमा सदस्यले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

सहकारी पनि आफ्नो उदेश्य अनुसार चल्नु पर्नेमा तामाङले जोड दिनुभयो ।उहाँले दुबै सहकारी एकीकृत गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि जिल्ला कृषि सहकारी संघका अध्यक्ष एवम् बागमती प्रदेशका सचिव मित्रलाल चौलागाईंले सहकारीको उदेश्य , फाइदा र उपलब्ध हुने सेवा सुबिधा बारे जानकारी दिनुभयो ।

चौलागाईंले सदस्यहरु जागरुक नहुँने हो भने समस्या हुने बताउदै सहकारीको हरेक कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।
दुवाचौर सहकारीका अध्यक्ष अर्जुन गिरी र पोखरे भञ्ज्याङ्को प्रतिबेदन अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।दुबै सहकारीका कार्यक्षेत्र साबिक दुवाचौर हाल मेलम्ची ७ र ८ रहेको छ ।

पोखरे भञ्ज्याङ्को २६५ पुरुष र ३५० महिला गरि ६१५ सदस्य रहेका छन । त्यस्तै दुवाचौर कृषिको ६५० पुरुष र २६५ महिला गरि ९१५ सदस्य रहेका छन ।

कार्यक्रमको स्वागत मन्तब्य राख्दै दुवाचौर सामुदायिक कृषि सहकारीका अध्यक्ष धर्मराज गिरीले सहकारी प्रतिको गुनासो साधारणसभामा आएर वा कार्यालयमा आएर गर्न आग्रह गर्नुभयो ।

Leave a Reply