नवलपुर
इन्द्रावती गाउँपालिका वडा नं ४ मा रहेको श्री मध्य सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवस तथा १४ औँ साधारण सभा सम्पन्न भएको छ ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपाल को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले एउटै उद्देश्य भएका धेरै सहकारी वडामा छन भने हुनुपर्ने बताउनुभएको छ ।
“सहकारीलाई मर्जरमा लैजाने दृष्टिकोण गाउँपालिकाले लिएको छ,” नेपालले भन्नुभयो । हाल इन्द्रावती गाउँपालिका भित्र ७४ वटा सहकारी दर्ता भएको नेपालले बताउनुभयो । तर एक दर्जन पनि कृयासिल नभएको उहाँले जानकारी दिनुभयो । “९ वटा सहकारी मात्र इन्द्रावतीमा क्रियाशिल छन् । सहकारी दर्ताको औचित्य के हो । दर्ता मात्र गरेर भएन जनतालाई सेवा गर्ने सहकारी हुनपर्याे,” अध्यक्ष नेपालले भन्नुभयो ।
सरकारको ३ खम्बे अर्थनिति अन्तर्गत सहकारी पनि एक हो । सहकारीले देश बिकासमा पनि महत्वपुर्ण भुमिका खेल्ने नेपालको भनाई छ । ’सरकारले गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी भन्ने नारा समेत ल्याएको थियो’, नेपालले स्मरण गराउनुभयो ।
त्यस्तै संस्थाको ब्यबस्थापन समिति संयोजक कुञ्जरमणि भट्टराईले १३ बर्ष अगाडि बाट सञ्चालनमा आएको यस सहकारीले स्थापना गर्दा नै कम्प्युटरको सफ्ट्वेयर बाट काम गरेको र सुरूमा नै एडभान्स प्रविधि भित्राएका बताउनुभयो ।
२०६६ मा स्थापना भएको सहकारीले हालसम्म कुनै पनि निकायबाट अनुदान नलिएरै आफ्नै भवन पनि बनाएको छ । भुकम्प पछिबाट मनिट्रान्सफरको काम समेत गरेको सँस्थामा Western Union Money Transfer अझै पनि छ ।
कार्यक्रमका बिशेष अतिथी इन्द्रावती ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले वडाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको कारण सहकारीहरूले पनि कृषिलाई विशेष प्राथमिकता दिन सुझाव दिनुभयो । सहि ब्यक्तिलाई ऋण दिएमा समुदायको उन्नती हुने उहाँले बताउनुभयो ।
सहकारीका अध्यक्ष धर्मकुमार खोकालीले सहकार्य बिना संस्था चल्न नसक्ने बताउनुभएको छ । अहिलेसम्म सबैको सहकार्यबाट नै सहकारी चलेको भन्दै उहाँले भुकम्प जस्तो बिपतमा समेत संस्था बचाएर राखेको बताउनुभयो । सहकारी मर्ज हुने कुरा सकारात्मक भएकोले वडा र पालिका संग सहकार्य गर्न तयार रहेका पनि अध्यक्ष खोकालीले बताउनुभयो ।
साधारण सभाको अवसर पारेर आज सम्मान कार्यक्रम पनि गरेको छ । सहकारीको शैक्षिक कोषबाट उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गरेको हो । साथै समयमै किस्ता र ब्याज तिर्ने असल ब्यबसायीलाई सम्मान पनि गरेको छ । ३१ जना सेयर सदस्य बाट सुरू भएको सहकारीमा अहिले ८०० भन्दा बढी सेयर सदस्य रहेको र संस्थाले एक बर्षमा २ करोड ८८ लाखको कारोवार गरेका सँस्थाले जनाएको छ ।
यसैबीच कलस बचत तथा ऋण सहकारी संस्थाका ब्यबस्थापक बुद्वि प्रसाद आचार्यले थोरै कारोवार भएका सहकारीको मर्ज आवस्यक रहेको बताउनुभएको छ । कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा आचार्यले सहकारी मर्ज गरेर बैङ्कको रूप दिँदै समुदायको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।
साथै सहकारीमा पार्टिका मानिसहरूलाई पद दिने चलनको अन्त्य गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपाल, बिशेष अतिथी इन्द्रावती ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङ अन्य सहकारीका आमन्त्रित अतिथीहरु, सहकारीका शेयर सदस्यहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । साधारण सभामा अहिले बन्दशत्र जारी छ ।