ईन्द्रावतीमा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक


ईन्द्रावती गाउँपालिकामा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सम्पन्न भएको छ । वडा नम्बर १ र वडा नम्बर ४ का सरोकारवालाहरुको सहभागितामा तालिम सम्पन्न भएको हो

जापान एसिया एसोसियसन एण्ड एसिएन फ्रेण्डसिप सोसाईटीको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम समापन भएको हो । नितिगत रुपमा विपद व्यावस्थापनको तयारीका लागि तालिम आयोजना गरेको JAFS ले जनाएको छ ।

तालिमको समापन सत्रमा ईन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङले यस तालिमले वडास्तरको विपद व्यावस्थापन समिति सक्रिय रहने उहाँले बताउनुभएको छ । अप्रत्यासित रुपमा आउने जोखिमबाट हुने क्षतीलाई कम गर्ने उहाँले बताउनुभयो । सहभागिहरुले सिकेका कुराहरुलाई व्यावहारमा उतारेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यो तालिमले जोखिम न्यूनीकरण कार्ययोजना बनाई सबल रुपमा काम गर्न वडालाई आग्रह गर्नुभएको छ । संस्थाले पालिकाको केही जिम्मेवारीलाई कम गरीदीएकोमा धन्यवाद दिनुभएको छ ।


वडा नम्बर १ का वडा अध्यक्ष चिनलाल तामाङले विपद आउनु पुर्व र विपद आईसकेपछी गर्ने कामको बारेमा सिक्ने मौका पाएको बताउनुभयो । वडाका सबै क्षेत्र र वर्गलाई समेटेर बनाईएको विपद कार्ययोजना प्रभावकारी हुने उहाँले बताउनुभयो । विपदको हिसावले वडा नम्बर १ बढी जोखीममा रहेकाले पनि यस्ता योजना निर्माण तालिम बढी लाभदायक हुने उहाँले बताउनुभयो ।


सहभागिको तर्फबाट बोल्दै वडा नम्बर ४ का वडा सचिव मदन कुमार भट्टराईले वडामा भोगिरहेको विपदका घटना र विगत ३० बर्षमा भएका विपदको विश्लेषण गर्ने मौका पाएको बताउनुभयो । साथै आगामी दीनमा गर्नुपर्ने कामको बारेमा पनि योजना बनाउन सक्षम भएको उहाँले बताउनुभयो । सिकेका कुराहरुले समूदायमा भोलि विपद पूर्व र विपद पश्चात गर्ने काम र त्यसको फाईदाको बारेमा जानकारी भएको बताउनुभयो ।


सहभागिर्क तर्फबाट वडा नम्बर १ का बालमैत्रि सहजकर्ता आशा तामाङले विपदको विषयमा धेरै कुरा सिक्न पाएकाले भोलिको दिनमा हुनसक्ने सम्भावित विपदको सामना गर्न सहज हुने बताउनुभयो ।


तालिममा विपद तथा जलवायु परीवर्तनको असर र प्रभावको विषयमा प्रशिक्षकद्धय दिवाकर पौडेल र राजकुमार लम्सालले सहजिकरण गर्नुभएकोे हो । तालिममा विपद शब्दावली, जलवायु परीवर्तनको प्रभाव र असर, समुदायमा आधारीत समावेशी विपद जोखीम व्यावस्थापन, समावेशि विपद व्यावस्थापनका आयामहरु, विपद व्यावस्थापन चक्र, सहभागितात्मक सङ्कटासन्नता र क्षमता विश्लेषण औजारको प्रयोग, विगत ३० बर्षदेखी भएका विपदका घटना र त्यसबाट भएको क्षती लगाएतका विषयहरुको बारेमा तालिम सञ्चालन भएको हो ।


पालिकाका सबै वडाहरुमा तालिम सञ्चालन गरीने संस्थाले जनाएको छ ।

Leave a Reply