समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण

इन्द्रावती ५ मा रहेको नमोबुद्ध आधारभूत विद्यालयमा समाजसेवी अरुण लामाको पहलमा शैक्षिक सामाग्री वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच अभिभावक तथा विद्यालय व्यावस्थापन समितिका पधादीकारीहरुको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो ।  नेपाली काँग्रेस खेलकुद विभाग केन्द्रीय सदस्य तथा नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उपाध्यक्ष तथा समाजसेवी अरुण लामाको पहलमा अमेरिका […]

Continue Reading

सभामुख घिमिरेद्धारा मेलम्ची खानेपानी मुहान स्थलको अवलोकन, पानी छिटो काठमाडौँ पुर्‍याउनपर्नेमा जोड

मेलम्ची ।सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन आग्रह गर्नुभएको छ । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्दै उहाँले चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिनुभयो । सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गर्नुभयो । मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उहाँले यसबारे सम्बन्धित निकायबाट जानकारी […]

Continue Reading

राज्यले संस्कृत भाषाको संरक्षणका लागी लगानी बढाउने छ : स्वास्थ्य मन्त्री बस्नेत

रेडियो मिसन। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनु पर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको १२१ औं जन्मजयन्तीको अवसरमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षणमा जोड दिन सकेमात्र संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले […]

Continue Reading

जेरियाट्रिक स्वास्थ्य तथा बुढ्यौली स्याहारका विषयमा मेलम्चीमा सचेतनामुलक कार्यक्रम

मेलम्ची । राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य तथा बुढ्यौली स्याहारका विषयमा नगरपालिकास्तरीय सचेतनामुलक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजना र जेरियाट्रिक सोसाइटी अफ नेपालको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । सचेतनामुलक कार्यक्रमको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, […]

Continue Reading

राष्ट्रिय कृषक समूह महासंघ नेपालको इन्द्रावती गाउँपालिका स्तरिय भेला सम्पन्न

रेडियो मिसन, नवलपुर । राष्ट्रिय कृषक समूह महासंघ नेपालको इन्द्रावती गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङको प्रमुख आतिथ्यता तथा राष्ट्रिय कृषक समूह महासंघका पालिका अध्यक्ष रत्न प्रसाद चौलागाईँ को सभापतित्व र राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय अध्यक्ष नमराज बस्नेत प्रदेश अध्यक्ष बिजय लामा त्यसैगरी इन्द्रावती गाउँपालिकाका प्रबक्ता तथा वडा […]

Continue Reading

सप्रोस नेपाल र सिबिएमको साझेदारीमा सञ्चालित समुन्नती परीयोजना समापन

रेडियो मिसन, नवलपुर ।सप्रोस नेपालको समावेशि जिविकोपार्जन समृद्धि समुन्नती परीयोजना समापन भएको छ । आज इन्द्रावती गाँउपालिकाको सभाहलमा एक कार्यक्रम परीयोजनाको गरी समापन गरीएको हो । कार्यक्रमको अवसरमा बोल्दै गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले स्थानिय सरकारले बहन गर्नुपर्ने दायित्व पूरा गर्न साथ दिएको बताउनुभयो । अपाङ्गता भएका तथा पुर्वाधार बिकासको क्षेत्रमा सप्रोस नेपालले काम गरेको उहाँले […]

Continue Reading

बाह्रबिसेका आगलागीपीडित लोकबहादुर नेपालीका छोरा आयुषलाई सिन्धु सोसाइटी अमेरिकाले १२ कक्षासम्म पढाइदिने

रेडियो मिसन । सिन्धु सोसाइटी अमेरिकाले सिन्धुपाल्चोकका एक आगलागीपीडित बालकलाई १२ कक्षासम्म पढाइदिने जिम्मा लिएको छ । सोसाइटीले आगलागीबाट घर जलेर नष्ट भएका लोकबहादुर नेपालीका ८ वर्षीय छोरा आयुष नेपालीलाई १२ कक्षासम्म पढाइदिने जिम्मेवारी लिएको हो । सोसाइटीले बाह्रविसे नगरपालिका– ८ का नेपालीलाई बाह्रविसे बजारस्थित चण्डेश्वरी बोर्डिङ स्कुलमा पढाइदिने जिम्मा लिएको हो । सोसाइटीले यसअघि […]

Continue Reading

सुनिता फाउन्डेसनद्धारा सरोकारवालाहरुसँगको समिक्षात्मक अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन मेलम्ची । मानव बेचबिखन बिरुद्द काम गर्दै आएको सुनिता फाउन्डेसनले मेलम्चीमा जिल्ला स्तरीय सरोकारवालाहरुसँग समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको हो । फाउन्डेसनको आयोजना तथा ECPAT LUXEMBOURG (इक्प्याट लक्जम्बर्ग) को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । मेलम्ची नगरपालिकाका उप–मेयर उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल, […]

Continue Reading

इन्द्रावतीका मेलमिलाप कर्ताहरुका लागि दुईदिने पुनरताजगी तालिम सुरु

रेडियो मिसन । इन्द्रावतीका मेलमिलाप कर्ताहरुका लागि दुईदिने पुनरताजगी तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले मेलमिलाप कर्ताहरुलाई जागरुक बनाई विवाद रहित पालिका बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो । मेलमिलाप कर्ताहरु विभिन्न राजनीतिक दलहरुसँको आस्थामा रहे पनि दल भन्दा माथि उठेर वडामा आएको विवाद […]

Continue Reading

प्रेस युनियन सिन्धुपाल्चोकले संगठनमा आवद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने

रेडियो मिसन ।नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले युनियनमा आवद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने भएको छ । युनियनका उपाध्यक्ष निरोज चौलागाईको पहलमा संगठनमा आबद्ध पत्रकारहरुको बिमा गर्न लागिएको उहाँले बताउनुभयो । युनियनको हिजो (मंगलबार) बसेको पहिलो कार्यसमिति बैठकले पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो । प्रेस युनियन सिन्धुपाल्चोकमा ६५ जना पत्रकार […]

Continue Reading