रेडियो मिसन ।

मेलम्ची नगर बाल सञ्जालको अध्यक्षमा अस्मिता तामाङ चयन हुनु भएको छ । आज मेलम्चीमा भएको भेलाबाट उपाध्यक्षमा रन्जिता गिरी, सचिवमा चुनाव भएकोमा १३ मत सहित सलिना गिरी निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक लेखनाथ भट्टराईले जानकारी दिनुभयो । त्यस्तै सह सचिवमा कृष्टिना अधिकारी सहित १५ सदस्यीय नगर बाल सञ्जाल गठन गरिएको भट्टराईले जानकारी दिनुभयो ।

अहिले १३ सदस्य रहेकोमा एक जना अपांग र एक अल्पसंख्यकबाट गरि २ जना पछि मनोनीत गरिने बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुझ आइतमान तामाङले १ बर्ष समय कम भएकाले कम्तिमा संजालको समय बढाइने बताउनुभयो । बालबालिका भबिस्यको कर्णधार रहेको भन्दै उहाँले अहिले मेहनत गरेर योजनका साथ लाग्न बालबालिकालाई आग्रह गर्नुभयो ।उहाँले सक्षम नेतृत्व भए काम गर्न सजिलो हुने बताउनुभयो । महिला बालबालिका तथा समाबेसीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले बाल सञ्जाल गठन, कानुन लगायतका बारेमा जानकारी गराउनुभयो ।

संजालकी निवर्तमान अध्यक्ष सरिता नेपालीले एक बर्षमा गरेको कार्य बारे जानकारी गराउनुभयो । उहाँले १ बर्षमा बाल बिबाह लगायत अन्य सचेतनामुलक, अन्तरक्रिया, क्षमाता विकास तालिम, बाल श्रम न्यूनीकरणको लागि प्रयास, बिचमै विद्यालय छोड्ने कारण र त्यस्को निराकरण, आत्मरक्षा तालिम, बालमैत्री वडा घोषणामा सहजिकरण लगायत कार्य गरिएको जानकारी दिनुभयो । नव निर्वाचितहरुलाई उपप्रमुख उमा प्रधानले प्रमाणपत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।उहाँले सक्रिय भएर लाग्न संजालका पदाधिकारीलाई आग्रह गर्दै उज्वल भबिश्यको कामना गर्नुभयो । संजालको कार्यकाल २ बर्षको हुने प्रस्ताव गरिएको छ ।

कार्यपालिकाबाट निर्णय गरि १ बर्षबाट २ बर्ष कार्यकाल बनाइने नगरपालिकाले जनाएको छ । मेलम्ची नगर बाल सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रमको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य , उपप्रमुख उमा प्रधानको बिशेष आतिथ्य , सामाजिक विकास समिती संयोजक एबम वडा नम्बर १० का अध्यक्ष अमृत खनालको आतिथ्य र सञ्जालकी निवर्तमान अध्यक्ष सरिता नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो l