रेडियो मिसन ।
खेलकुद बिकास समिति पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना र जिल्ला क्रीकेट संघ सिन्धुपाल्चोक र पाँचपोखरी क्रीकेट क्लबले प्रविधिक सहयोगमा काठमाडौँको मुलपानीमा चलिरहेको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको सेमिफाइनल समिकरण पुरा भएको छ ।
ह्योल्मो ११, मेलम्ची नगरपालिका, पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी हिमालयन क्रिकेट क्लब सेमिफाइनलमा प्रबेश गरेको हो । ह्योल्मो ११ ग्रुप ए को र पाँचपोखरी क्रिकेट क्लब ग्रुप बि को बिजेता र पाँचपोखरी हिमालयन क्रिकेट क्लब ग्रुप ए को र मेलम्ची नगरपालिका ग्रुप बि को उपबिजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
आज भएको पहिलो खेलमा भोटेचौर स्पोर्टस क्लबलाई ९ विकेटले हराउँदै ह्योल्मो ११ ले सेमिफाईनलको यात्रा तय गरेको हो । त्यस्तै आजै भएको दोस्रो खेलमा मेलम्चीलाई ३ विकेटले हराउँदै पाँचपोखरी क्रिकेट क्लब पनि सेमिपाइनल पुगेको हो । मेलम्ची भने आज पराजित भए पनि नेट रन रेटको आधारमा समुह उप बिजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेको हो ।
अब भोली पहिलो सेमिफाइनलमा ग्रुप ए को बिजेता ह्योल्मो ११ सँग ग्रुप बि को उपबिजेता मेलम्ची नगरपालिकाले तथा दोस्रो खेलमा ग्रुप ए को बिजेता पाँचपोखरी क्रिकेट क्लब र ग्रुप बि को उपबिजेता पाँचपोखरी हिमालयन क्रिकेट क्लब बिच फाइनल प्रबेशका लागी प्रतिस्पर्धा गर्ने छ ।
सेमिफाइनलमा जित निकाल्ने २ टोली उपाधिका लागी फागुन १९ गते शनिबार दिनको १ बजे खेल हुने छ ।