पाँचपोखरी टी–२० : मेलम्ची नगरपालिका र पाँचपोखरी हिमालयनको जित

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
खेलकुद बिकास समिति पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना र जिल्ला क्रीकेट संघ सिन्धुपाल्चोक र पाँचपोखरी क्रीकेट क्लबले प्रविधिक सहयोगमा काठमाडौँको मुलपानीमा चलिरहेको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिकाले जित हात पारेको छ । पाँचपोखरी हिमालयन क्रिकेट क्लबले ह्योल्मो ११ लाई ८ विकेटले हराएको हो भने मेलम्चीले द माइटी साँगाचोकलाई ५ विकेटले पराजित गरेको हो ।

पाँचपोखरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा आएको ह्योल्मोले १८ दशमलव ३ ओभरमा अल आउट हुँदै १२२ रन बनाएको थियो । ह्योल्मो ११ का बिनोद तामाङले ४३ र बिबेक तामाङले ३४ रन बनाउनुभयो । पाँचपोखरीका कर्मा तामाङ एक्लैले ५ विकेट लिनुभयो । उहाँ यस खेलको म्यान अफ द म्याच पनि घोषित हुनुभयो ।

१२३ रनको बिजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको पाँचपोखरीले १७ ओभर १ बलमा मात्र २ वीकेट गुमाएर १२३ रन बनायो । पाँचपोखरीका पासाङ तामाङले नट आउट ५१ रन बनाउनुभयो भने पेम्बा तामाङले ४४ रन बनाएर आउट हुनुभयो । ह्योल्मो ११ का फूर्बा शेर्पा र लाक्पा शेर्पाले १–१ वीकेट लिनुभयो ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको साँगाचोकले १९ ओभरमा अल आउट हुँदै ९९ रन बनाएको थियो । नवराज थापा २६ र सागर तिमल्सिना १६ र मनिष पराजुलीले ११ रन बनाउनुभयो । बलिङतर्फ मेलम्चीका सोनु देवकोटा र रेन्जिन लामाले समान ३–३ विकेट लिनुभयो ।

१०० रनको बिजयी लक्ष्य सहित ब्याटिङमा ओर्लिएको मेलम्चीले १३ ओभरमा ५ वीकेट गुमाएर १०१ रन बनायो । जसमा रेन्जिन लामाले ४४ र बिनोद तामाङले २० तथा सोनु देबकोटाले १५ रन बनाउनुभयो । साँगाचोकका मनिष पराजुलीले २ तथा नवराज थापाले १ विकेट लिनुभयो । यता मेलम्चीका रेन्जिन लामा म्यान अफ द म्याच पनि घोषित हुनुभयो ।

Leave a Reply