तिते सामुदायिक वन उपभोक्ता समुहको १७औं साधारण सभा सम्पन्न

* # पालीका खबर विविध समाचार समाज सिन्धुपाल्चोक

तिते सामुदायिक वन उपभोक्ता समुह मेलम्ची –८ क्यौरानीको १७औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उप पमुख उमा प्रधानले वन जोगाउन नसके पछि धेरै समस्या हुने उहाँले बताउनुभयो । जलयायु परिवर्तन र त्यसको अनुकुलको बिषयको बारेमा सबैले जानकारी लिन आवश्यक रहेको उहाँले बताउनुभयो ।विकास गर्दा वन बिनास भै रहेकाले यसमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । विकास पनि गर्ने र प्राकृतिक स्रोत पनि जोगाउन पर्ने उहाँको भनाइ थियो । यो वन उपभोक्ता समुहको अझै सफलताको कामना गर्नुभयो ।

स्वागत मन्तव्य राख्नुहुँदै बिदुर गिरीले उपभोक्ता सजग भै महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले इन्द्रावती चौथो जलविद्युत आयोजनाले वन लाई गर्न पर्ने सहयोग लगायत बिषयमा छलफल गर्न आग्रह गर्नुभयो ।बनको कारण बाँदरले दुख दिएको भन्दै उहाँले यो समस्याले किसानलाई पिरोलेको बताउनुभयो । तिते वन संरक्षणमा लागेकाहरुलाई सम्मान समेत गरिएको थियो ।

उपभोक्ता इन्द्रबहादुर गिरीले तिते को ३६६ उपभोक्ता रहेकोमा न्यून संख्यामा सहभागी रहेको भन्दै गुनासो गर्नुभयो । उहाँले पहिला उत्कृष्ट भै सम्मानित समेत भएको स्मरण गर्दै अझै उत्कृष्ट बनाउन लागि पर्न आग्रह गर्नुभयो ।उहाँले सडक खन्दा रुख बिरुवा पुरिएको र क्षति पुगेकोले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका पुर्व उपप्रमुख भगवती नेपाल डिभिजन वन कार्यालय मेलम्चीका प्रमुख बच्छुराम पुडासैनी , कार्यबाहक वडा अध्यक्ष इन्द्रबहादुर गिरी जेष्ठ नागरिक मंच मेलम्चीमा अध्यक्ष एकादत्त धिताल , इन्द्रावती महिला सहकारीका अध्यक्ष कल्पना चालिसे, वन महासघंका पदाधिकारी  लगायत सहभागी थिए  । वन समितिका अध्यक्ष कान्छामान दोङको सभापतित्वमामा कार्यक्रम सप्पन्न भएको हो ।

Leave a Reply