इन्द्रावती गाउँपालिकाद्वारा दुध संकलक किसानका लागी सहकारीलाई चेक हस्तान्तरण

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाँउपालिकाले दुधमा दिइएको अनुदान बापतको रकम सहकारीलाई हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी दुध उत्पादक किसानले पाउने अनुदान बापतको रकमको चेक सहकारीलाई हस्तान्तरण गरेको हो ।हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा इन्द्रावती गाँउपालिका वडा नम्बर ५ का अध्यक्ष शशिशनाथ आचार्यले पालिकाले दिने प्रतिलिटर ४ रुपैंयाको अनुदान रकम देख्दा […]

Continue Reading

ज्यामिरे साना किसान कृषि सहकारीको अध्यक्षमा केशव विष्ट  चयन

मेलम्ची नगरपालिका -९, ज्यामिरेमा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा केशव विष्ट  चयन हुनुभएको छ । संस्थाको आज भएको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशले पुन: विष्टको अध्यक्षमा १३ सदस्यीय संचालक समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भेषबहादुर कार्की, सचिवमा धर्मराज खड्का, सह- सचिवमा गोकुल धिताल र कोषाध्यक्षमा मन्जु […]

Continue Reading

गाँउगाँउमा बैंकको रुपमा सहकारी स्थापित गर्नुपर्छः आइतमान तामाङ

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारी संस्थामा शेयर लगानी र बचत बढाउन आग्रह गर्नुभएको छ । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनु भएका तामाङले सहकारीलाई गाँउगाँउमा बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको हो । शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु […]

Continue Reading

इन्द्रावती साना किसान सहकारीको नवलपुरमा कार्यालय उद्घाटन 

इन्द्रावती साना किसान कृषि सहकारीले नवलपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ । आज एक कार्यक्रमका बिच नवलपुर बजारमा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले रिबन काटेर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले “गन्तव्य स्वरोजगारीको, अभियान सहकारीको” भन्ने मूल नाराका साथ काम गरिरहेका सहकारी मुलुकको अर्थतन्त्रको मेरुदण्ड रुपमा रहेको बताउनुभयो । मुलुकको […]

Continue Reading

८ बर्षपछी स्थानियका लागि खुल्यो तातोपानि नाका

चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि पूर्ण रुपमा खुलेको छ । २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका यसअघि अस्थिर रुपमा मात्रै सञ्चालनमा आएको थियो । केही मात्रामा कन्टेनरबाट सामान ओसारपसार भए पनि मानव आवतजावतमा रोक लगाइएको थियो । शुक्रबार ८ वर्षपछि यो नाका हुँदै सर्वसाधारण चीन प्रवेश पाउने गरि नाका खुलाइएको हो । […]

Continue Reading

वैदेशिक रोजगारीबाट फर्कीएका महिलाबारे सञ्चारकर्मीको चासो

बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको जिविकोपार्जनको आधार तयार गर्नुपर्नेमा सञ्चारकर्मीहरुले जोड दीएका छन् । आदिवासी जनजाति महीलाहरुकालागि वातावरण निर्माण गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् । जोखिम मोलेर आर्थिक उपार्जनका लागि बैदेशिक रोजगारमा गएर फर्केपछि अधिकाँश जनजाति महिलारुको अवस्था उस्तै रहेको निष्कर्ष निकाल्दै त्यस्ता महिलाहरुको पहिचान गरि उनीहरुलाई जिविकोपार्जनमा जोड्नुपर्ने सिन्धुपाल्चोकका सञ्चारकर्मीहरुले निश्कर्ष निकालेका छन् । बैदेशिक […]

Continue Reading

मेलम्ची नगरपालिका पुँजिगत खर्चमा अब्बल : कुल बजेटको ८०.७६ प्रतिशत खर्च

मेलम्ची नगरपालिकाले चालु भन्दा पुँजीगत खर्च बढी गरेको छ । नगरपालिकाले चालु भन्दा पुँजीगत खर्च बढी गरेको लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो ।नगरपालिकाको २०७९/०८०मा चालु तर्फ विनियोजित रकमको ८०.६७ प्रतिशत रकम खर्च भएको छ भने पुँजीगत तर्फ विनियोजित रकमको ८०.७६ प्रतिशत खर्च भएको अधिकृत पुडासैनीले जानकारी दिनुभयो । नगरपालिकाले २०७९/०८०मा चालुतर्फ ९५ करोड ३ […]

Continue Reading

मेलम्ची नगरपालिकाको बजेट १ अर्ब ४४ करोड ९५ लाख

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६०० बजेट विनियोजन गरेको छ । शनिबार भएको नगरसभामा नगर उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेको बजेत नीति तथा कार्यक्रममा सडक कृषि खानेपानी स्वास्थ्य, शिक्षा, खेलकुद भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखिएको छ । वडाको […]

Continue Reading

मेलम्चीमा एकल महिलाहरूलाई आत्मनिर्भर बन्न तालीम सुरु

सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ मेलम्ची नगरपालिकाले एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिम आयोजना गरेको छ । तालिमको आज उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम आयोजना गरिएको भन्दै तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले एकल […]

Continue Reading

मेलम्चीमा अहीलेसम्मकै बढी पुरस्कार राशि भएको भलिबल प्रतियोगिता हुने

रेडियो मिसन, मेलम्चीमेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा खेल हुन लागेको हो । २०८० बैशाख २५ गतेबाट प्रतियोगिता सुरु हुने आयोजक समिति तथा समाजिक अभियान्ता सागर श्रेष्ठले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र […]

Continue Reading