इन्द्रावती ४ स्थित टाकुरेमा आगलागी पीडितलाई मेलम्चीका मासु तथा दाना चल्ला व्यावसायीहरूले आर्थिक सहयोग गरेका छन् । मेलम्चीमा रही व्यवसाय गरिरहेका युवाहरूले आज रामकृष्ण गजुरेल तथा सावित्री गजुरेललाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
अप्ठ्यारो अवस्थामा थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको व्यावसायीहरूले बताएका छन् । आज सहयोग गर्नेहरूमा विश्वराम मासु पसलको तर्फबाट विश्वराम खड्काले रु ५०००, मेलम्ची नोवेल भेटेरिनरी तर्फबाट सुदीप धितालले रु ५०००, भान्जा मिट सपको तर्फबाट गोकुल खड्काले रु ५०००, सिन्धु भेट फर्माको तर्फबाट नवीन अधिकारीले रु ५०००, मनोज मिट मार्टको तर्फबाट मनोज अधिकारीले रु ५०००, जे.जि काेल्ड स्टोरको तर्फबाट प्रकाश घोरासैनीले रु ५००० र कृषि तथा कुखुरा, पशु दाना बिक्री वितरण स्टोरको तर्फबाट कृष्ण बहादुर बोगटीले रु ५००० गरी कुल ३५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग रकम बुझ्दै रामकृष्ण गजुरेलले अपठ्यारोमा आफू मात्रै नरहेको बताउनुभयो । व्यावसायी साथीभाइ तथा विभिन्न ठाँउबाट सहयोग आइरहेकाले फेरी पुर्नस्थापित हुन सहज हुने उहाँले बताउनुभयो । यस्ताे अवस्थामा सबैले साथ दिएकाे उहाँले बताउनुभयाे ।
शुक्रवार बिहान अन्दाजी ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलको घरसँगै रहेको कुखुराको टहरोबाट आगो लागेको र टहरा सहित घर जलेर नष्ट भएको थियो ।
आगलागी बाट १ हजार कुखुरा सहितको टहरो जलेर नष्ट भएको थियो भने ४ कोठाको घर र घरमा रहेका सामानहरू जलेर नष्ट भएको थियो । आगलागीका कारण अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो ।
