सुर्यमुखीद्धारा दुध बिक्रेतालाई प्रतिलिटर ३ रुपैयाँ ५६ पैसाको दरले अनुदान वितरण

सिन्धुपाल्चोकको भोटेचौरमा रहेको सुर्यमुखी साना किसान कृषि सहकारी संस्थामा आबद्ध दुध विक्रेता कृषकहरुलाई प्रतिलिटर ३ रुपैयाँ ५६ पैसाको दरले अनुदान वितरण गरेको छ । आर्थिक बर्ष २०७८–०७९ मा सो संस्थामा दूध बिक्रि गर्ने दूध बिक्रेता कृषकहरुलाई आज बाट अनुदानको रकम वितरण गरिएको संस्थाको सहायक प्रवन्धक बिना पोखरेलले जानकारी दिनुभयो । पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय […]

Continue Reading

सार्वजनिक यातायातमा सबैले देख्ने गरी भाडादर टास्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लामा संचालित यातायात क्षेत्रका गुनासो तथा समस्याहरुको सन्दर्भमा आवश्यक छलफल तथा सहजिकरणका लागी महत्वपुर्ण छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा विभिन्न पदाधिकारीहरुको उपस्थीतिमा बसेको बैठकमा सार्वजनिक यातायात लगाएतको सेवा सुविधाका सवालमा छलफल भएको हो । छलफलको क्रममा  उपस्थीतिहरुले  सार्वजनिक यातायातका चालक तथा सहचालकहरुले यात्रुप्रति गर्ने व्यवहार राम्रो […]

Continue Reading

सिन्धुपाल्चोकका दुई जना क्रिकेट खेलाडीहरुलाई काठमाडौमा ६ महिने प्रशिक्षणको लागी सम्झौता

रेडियो मिसन ।सिन्धुपाल्चोकका दुई जना क्रिकेट खेलाडीहरुलाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी (शान्तिनगर बानेश्वर) संग ६ महिने निशुल्क प्रशिक्षणको लागी सम्झौता भएको छ । जिल्ला क्रिकेट संघको समन्वय र जिल्ला खेलकुद समितिको रोहबरमा पाँचपोखरी थाङ्गपाल गाउँपालिका ३ का करण स्याङ्बो र मेलम्ची नगरपालिका १ का निश्चल थापालाई आज एक कार्यक्रमका बिच प्रशिक्षणको लागी पठाउने सम्झौता भएको […]

Continue Reading

छाप भन्ज्याङ फट्केश्वर सडक खण्डको मर्मत तथा ग्रावेल कार्य अन्तिम चरणमा

रेडियो मिसन ।साँखु, जर्सिंङ्गपौवा मेलम्ची सडक अन्तर्गत छाप भन्ज्याङ फट्केश्वर खण्डको मर्मत तथा ग्रावेल गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । अब थोरै काम मात्रै बाँकी रहेकोले एकदुई भित्रै सञ्चालनमा आउने नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उक्त सडक खण्ड अन्तर्गत १८ सय मिटर ग्रावेल ४ किलोमिटर नालीको मर्मत लगायत अन्य कार्य गर्न इ बेट […]

Continue Reading

इन्द्रावती १२ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषण, एक वर्षमा ५९ महिला स्वास्थ चौकीमा गएर सुत्केरी भए

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर १२ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषण भएको छ । आज सोमबार भिमटार स्वास्थ चौकीमा एक कार्यक्रम गरि वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर १२ मा अब घरमा सुत्केरी हुने अवस्था अन्त्य भएको र स्वास्थ्य चौकीमै सुत्केरी गराउँदा सुरक्षित हुन्छ भन्ने चेतना सबैमा […]

Continue Reading

अनौपचारिक भ्रमणमा रहेका संसद तामाङलाई दुबईमा रहेका नेपालीद्धारा सम्मान

रेडियो मिसन ।अनौपचारिक भ्रमणमा रहनुभएका बागमती प्रदेशका संसद कृष्ण कुमार तामाङ (समिर) लाई दुबईमा रहेका नेपालीद्धारा सम्मान गरिएको छ । साथै संयुक्त अरव इमिरेट्स युएईमा रहेका नेपाली श्रमीकहरुको समस्या समाधानका लागी संसद कृष्ण कुमार तामाङलाई ज्ञापनपत्र पनि बुझाएको छ । नेपाली जनसम्पर्क समिती (यु.ए.ई) द्वारा आयोजित भेटघाट तथा सम्मान कार्यक्रमकोको अवसरमा सांसद तामाङलाई भेट गरी […]

Continue Reading

समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य सहितका नेता फर्कीए पुरानै घरमा

 नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुभाष कर्माचार्य तथा केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ सहित सिन्धुपाल्चोकका नेता, कार्यकर्ता नेकपा एमालेमा फर्कीएका छन् । कर्माचार्यसँगै प्रदेश कमिटी सदस्य ईश्वरीप्रसाद श्रेष्ठ, शिवराम भट्टराई, घननाथ पराजुली पनि एमाले फर्कनु भएको छ । त्यसै गरी सो पार्टीका जिल्ला कमिटी उपाध्यक्ष छिरिङ ग्याल्बो लामा, जिल्ला सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारी, जिल्ला […]

Continue Reading

इन्द्रावतीमा फरक क्षमता भएकाहरूलाई ह्वीलचियर वितरण

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाका फरक क्षमता भएकाहरूलाई ह्वीलचियर वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिकाका १९ जना, बोडगाउँ अस्पतालका लागी र नवलपुर प्राथमिक अस्पताल गरी २१ वटा ह्वीलचियर वितरण गरीएको हो ।  लाभग्राहीलाई सहज हुने गरी वडा नम्बर १०, ११ र १२ का लागि भिमटारमा, वडा नम्बर ६, ७, ८, र ९ का […]

Continue Reading

वातावरणलाई मानवमैत्री बनाउनुपर्छ : अध्यक्ष नेपाल

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले वातावरणलाई मानवमैत्री बनाउनुपर्ने बताउनुभएको छ । मानवको लागि वातावरण अपरिहार्य भएकोले यसका लागी गाउँपालिकाले कदम चाल्ने उहाँको भनाई छ । वृक्षरोपणमा हाम्रो एकता, हरियाली सडक निर्माणमा प्रतिवद्वता भन्ने नारा सहित इन्द्रावती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण कार्यक्रम कर्यक्रमको अवसरमा […]

Continue Reading

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि इन्द्रावती ४ द्वारा वृक्षरोपण

रेडियो मिसन, नवलपुर ।वृक्षरोपणमा हाम्रो एकता, हरियाली सडक निर्माणमा प्रतिवद्वता भन्ने नारा सहित इन्द्रावती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । वडाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वृक्षरोपणमा कार्यक्रम गरेको हो । करविर र ज्याकल्यान्डा लगायतका बिरुवा सडक छेउमा रोपिएको छ […]

Continue Reading