रेडियो मिसन ।
झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँच दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका १४ जनाको सहभागिता रहेको परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख रवि शर्माले जुन उदेश्यले तालिममा सहभागी हुनुभयो त्यो उदेश्यलाई पच्छ्याउदै अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले संस्थाले गरेको लगानी र ५ दिनको अमुल्य समयलाई खेर जान नदिइ सदुपयोग गर्न आग्रह गर्नुभयो । शर्माले बजारीकरणका लागी नगरपालिकाले गर्ने समन्वयमा सधैं तयार रहेको भन्दै तालिमको लागी तालिम मात्र नभएर व्यवहारिक जिवनमै प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीले तालिम लिइसकेपछि सिपलाइ निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले सिपलाइ निरन्तरता दियो भने स्थानीय तह लगायत विभिन्न संघ संस्थाहरुले पनि सहयोग गर्ने उदाहरण प्रस्तुत गर्नुभयो ।
प्रशिक्षक मैया दाहालले दैनिक जीवनमा प्रयोग हुने बस्तु भएकाले नगरपालिकाले पनि यस्लाई अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले यसबाट आयआर्जन गरि आयस्रोत बढाउन सजिलो हुने भएकाले सिपको प्रयोग गर्न सुझाउनुभयो । दाहालले संस्थालाई पनि अनुगमन तथा आइपर्ने समस्याको बारेमा जानकारि लिन आग्रह गर्नुभयो । सहभागि सिर्जना माझी र चमेली दनुवारले तालिम उपलब्धी मुलक भएको बताउदै यो अवसरका लागी संस्थालाइ धन्यवाद दिनुभयो । उहाँहरुले सिकेका सिपलाई आगामी दिनमा व्यबहारमा लागु गर्ने प्रतिबद्धता जनाउनुभयो ।
परियोजना संयोजक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम परियोजना अधिकृत सुशीला कंडेलले सञ्चालन गर्नुभएको थियो ।